वडाका वडाअध्यक्षको मिलोमतोमा जग्गाको राजश्व छली

इनरुवा ।

इनरुवा ६ नम्बर वडाका वडाअध्यक्षको मिलोमतोमा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामा बुझाउने एक करोड बढीको राजश्व बापतको रकम छली गरेको फेला परेको छ ।

६ नम्बर वडा कार्यालयका वडाअध्यक्ष सुमन थापाले एउटै जग्गा खरिद बिक्रीका लागि एकै मितिमा दुईवटा सिफारिस दिनुका साथै ग्राभेल सडक बाटो भएको जग्गालाई कच्ची सडक बाटो रहेको भनी करोड बढीको राजश्व हिनामिना र छली भएको हो ।

इनरुवा ६ मधेशा साविक ३ क को १३२ नम्बर कित्ताको ४ धुर जग्गा, १३३ नम्बर कित्ताको १ बिघा जग्गा र ४५७ नम्बर कित्ताको १ विगाहा ४ कठ्ठा ५ धुर जग्गाको खरिद बिक्रीका लागि स्फिारिस दिने क्रममा आपसी लेनदेनृृमा राजश्व छली हिनामिनामा वडाअध्यक्ष थापाले मिलोमतो गरेको स्रोतले दावी गरेको छ ।

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका २ नम्बर वडा ठेगाना भएकी सन्तोषी आचार्यले २०७९ भदौ १६ गते २ बिगाहा ८ कठ्ठा ५ धुर जग्गाको खरिद मुल्य १ करोड ९३ लाख रुपैयाँको थैली राखेर राजश्व बुझाई भूमिसुधार तथा मातपोत कार्यालय इनरुवाबाट लिखतको रजिष्ट्रसन पारित गरिएको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवामा उक्त जग्गाको मुल्याङ्कन ग्राभेल सडक बाटोको प्रतिकठ्ठा ८ लाख कच्ची सडकको प्रति कठ्ठा ४ लाख र सडक बाटो नभएको जग्गाको प्रति कठ्ठा १ लाख रहेको छ ।

खरिद गर्ने सन्तोषी आचार्य र वडाअध्यक्ष सुमन थापाले ृभूमिसुधार तथा मालपोत कार्यालय इनरुवालाई बुझाउने राजश्व छली तथा हिनामिना गर्न २०७९ भदौ १ गते ३५९ रहेको पत्र मार्फत इनरुवा ६ मधेशा साविक ३ क को १३२ नम्बर कित्ताको ४ धुर जग्गा घर बाटो नभएको ग्राभेल सडक बाटो भएको आवासिय क्षेत्र भएको, १३३ नम्बर कित्ताको १ बिघा जग्गा घर बाटो नभएको ग्राभेल सडक बाटो भएको आवासिय क्षेत्र भएका र ४५७ नम्बर कित्ताको १ विगाहा ४ कठ्ठा ५ धुर जग्गा घर बाटो नभएको सडक बाटो नभएको कृषि क्षेत्र भएको भनी सनराइज बैंक लिमिटेड काठमाडौँका नाममा सिफारिस दिएका थिए ।

यसैगरी, पुनः सोही कित्ता नम्बर र क्षेत्रफलको जग्गा लाई २०७९ भदौ १५ गते सोही चलानी नम्बर राखेर इनरुवा ६ मधेशा साविक ३ क को १३२ नम्बर कित्ताको ४ धुर जग्गा घर बाटो नभएको कच्ची सडक बाटो भएको आवा्सीय क्षेत्र भएको, १३३ नम्बर कित्ताको १ बिघा जग्गा घर बाटो नभएको कच्ची सडक बाटो भएको आवासिय क्षेत्र भएका र ४५७ नम्बर कित्ताको १ बिघा ४ कठ्ठा ५ धुर जग्गा घर बाटो नभएको सडक बाटो नभएको कृषि क्षेत्र भएको भनी सनराइज बैक लिमिटेड काठमाडौँका नाममा सिफारिस दिएका थिए ।

श्रोत : pradeshportal.com

 

 

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist