ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भगवतीले वित्तीय संस्थाको मार्फत महिला शसक्तिकरणको नाममा सोषण ः गच्छादार

गणेश कुमार यादव by गणेश कुमार यादव
October 17, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
भगवतीले वित्तीय संस्थाको मार्फत महिला शसक्तिकरणको नाममा सोषण ः गच्छादार
47
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेकपा एमालेकी नेतृ तथा प्रतिनीधिसभा तर्फ सुनसरी क्षेत्र नम्वर ३ का उमेदवार भगवती चौधरीले फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको मार्फत ग्रामिण क्षेत्रका महिलाहरुलाई शसक्तिकरणको नाममा शोषण गरेको वेदनारायण गच्छदाले आरोप लगाएको छ ।

नेपाली काङग्रेस दुहबी नगर कार्य समितिको बैठकलाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेसका नगरसभापति तथा दुहबी नगरपालिकाका प्रमुख समेत रहेका गच्छदारले सो कुराको आरोप लगाउनु भएको हो ।

गच्छदारले ग्रामिण क्षेत्रका सिधासोझा महिलालाई समुह बनाएर चर्को ब्याजमा ऋण प्रवाह गर्ने र ढाड्सेक्ने गरि आर्थिक तथा मानसिक पिडा दिएर चौधरीले ऋण असुलि गर्ने गरेको अरोप लगाउनुभयो ।

ग्रामीण क्षेत्रका महिलाहरुबाट अनाधिकृत रुपमा उठाएको व्याजबाट भगवती चौधरीले महल बनाउने गरेको र ग्रामिण क्षेत्रका सिधा सोझा तथा गरिब महिलालाई उठीवास बनाउने गरेको दाबी गर्नुभयो ।

केही दिन अघि मात्र ऋण उठाउने नाममा कैंयौ ऋणीहरुलाई कुटपिट समेत गरेको ताजा उदाहरण रही रहेको गच्छदारले बताए ।

चौधरी राज्यमन्त्री भएको बेलामा केपी ओली प्रधानमन्त्री हुदा समेत सुनसरी क्षेत्र नम्बर ३ का जनतालाइ कुनै किसिमको सुबिधा र बिकास निर्माणका योजना पार्न नसक्नु तर बिपक्षी पार्टीलाइ अधारहिन अरोप लगाउनु ब्यर्थ भएको गच्छदारले सम्बोधनको क्रममा बताए ।

एमालेका नेता केपी शर्मा ओलीको गोजीको जस्तै पार्टी भएको र अहिले राजाबादी पार्टीसंग तालमेल, २०६२÷६३ को जन आन्दोलनका बेलामा चढेको बयलगाँडा, अध्यादेश मार्फत वाक स्वतन्त्रतालाइ नै कुन्ठित पार्ने र सामाजिक सन्जाल बर्जित गर्ने गरि ल्याइएको बिधेयक, हेर्दा उनी प्रजातन्त्र बादि हुनै नसक्ने जिकिर समेत गर्नुभयो । नेता गच्छादारले आफ्नै बिरोधमा उभिएको भन्दै घनश्याम र भिम रावललाइ टिकट नदिने ओली अधिनायकवादी, तानाशाहि र एकात्मक राज्यको अगुवा भएको कारणले काँग्रेस बाहेक मुलुकमा प्रजातान्त्रिक पार्टी अन्य कुनैपनि पार्टी नभएको दाबी गर्नुभयो ।

आफ्नै पार्टी भित्रका कार्यकर्तालाइ हेप्ने, बोल्न नदिने, खुइलाउने, इगो राख्ने नेताले हाकेको पार्टीले चुनाव जिते मुलुक र मुलुकबासीको हित कसरि हुने भनी उहाँले प्रश्न समेत तेर्साउनु भएको थियो ।

जनताले गत निर्वाचनमा दुई तिहाइको सरकारको नेतृत्व गर्नका लागि पठाएपनि ३ बर्षको सरकारको अवधिमा अर्बौ भ्रस्टचार र अनियमितताका साथै वाक स्वतन्त्रता माथि लगाइएको बन्देज, बिरोधिलाइ दिएको सास्ति र हावादारी उखान टुक्काले सबै छर्लङ्ग भएको र यी कुरा जनताले छिनोफानो गर्नुपर्ने गच्छादारले बताउनुभयो ।
ललिता निवास प्रकरण सुझबुझका साथ रजनीतिक प्रतिशोध शाधनका लागि भएको र बिजय गच्छादारलाइ फसाइएको भन्दै उहाँले संसदीय कोष हरायो भनेर बिपक्षीले लगायको आरोप निराधार भएको जिकिर गर्नुभयो ।

संसद मर्न सक्छ, राजिनाम दिन सक्छ, जेल जान सक्छ तर संसदिय कोष कहिले सकिदैन, जनताको खुन पसिनाको पैसा कोषमा रहन्छ र त्यो पाउने छ उहाँले भन्नुभयो । आरोप लगाउदैमा कोही अपराधि नहुने भएकाले अदालतले पुस्टि गर्ला तर त्यो भन्दा पहिला सुनसरी क्षेत्र नम्वर ३ का जनताको अदालतले अबस्य न्याय दिने उहाँले बताउनुभयो ।

दुहबी नगर समितिको उक्त बैठकले नगर सभापतीको संयोजगत्वमा ३ सय ५१ जना नगर स्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ भने १५१ जनाको वडा स्थतरीय र १०१ जनाको टोल स्तरीय समिति समेत गठन गर्ने निर्णय गरेको छ ।

Previous Post

विजय गच्छदारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

Next Post

“गच्छदार” थारु समुदायको ब्राण्ड

Next Post
“गच्छदार” थारु समुदायको ब्राण्ड

"गच्छदार" थारु समुदायको ब्राण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist