ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सातौं पटक जनताले विजयी गराउछ : नेता गच्छदार

गणेश कुमार यादव by गणेश कुमार यादव
October 18, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
सातौं पटक जनताले विजयी गराउछ : नेता गच्छदार
41
SHARES
Share on FacebookShare on Twitter

कार्तिक १ गते । नेपाली काङग्रेसका नेता बिजयी कुमार गच्छदारले सतौं पटक आफूलाई सुनसरी क्षेत्र नम्वर ३ का जनताले बिजयी गराउने बताउनुभएको छ ।
सुनसरीको बर्जु गाउँपालिका स्थित शान्तिवनमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो ।
उहाँले सुनसरी क्षेत्र नम्वर ३ का जनताले सातौं पटक विजयी गराएर इतिहास रचने र आफू माथि लागेको झुठा मुद्धाको समेत जवाफ जनताले दिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काङग्रेसबाट प्रतिनीधिसभा सुनसरी क्षेत्र नम्वर ३ का उमेदवार समेत रहनुभएका गच्छदारले नेपालमा ५ पटक चुनाव जित्ने पार्टीका अध्यक्ष शेरबहादुर देउवा र म मात्र भएकाले यसपटक पनि आफुलाई जनताले न्याय दिने आफू विश्वस्त रहेको बताउनुभयो ।
यस क्षेत्रका जनताले २०४८ सालदेखि आफूलाई अत्याधिक मत सहित बिजयी गराउदै आएकोमा २०७९ साल मङसिर ४ गते हुने निर्वाचनमा समेत यस क्षेत्रका जनताले आफ्नो अमुल्य मत दिएर आफूलाई बिजयी गराउनेमा कुनै किसिमको दुवीधा नरहेको दाबी गर्नुभयो । यसै क्षेत्रको जनताले पटक–पटक मत दिएर उपप्रधानमन्त्री सम्म बनाएको बताउनुहुदै यस पटक जितेमा ५ वर्ष जनताको घर–घरमा सेवा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस क्षेत्रका जनताले आफूलाई पुनः बिजय गराउनेमा बिश्वास्त रहेको बताउनुहुदै भगवती चौधरीले जनतामा गरेको भ्रम सिर्जना तुहिएर जाने दाबी गर्नुभयो । भ्रमको राजनीतिक गरेर र जनतामा भ्रम सृजना गरेर राजनीतिक हुन नसक्ने भएकाले भगवतीले जनतामा सृजना गरेको भ्रमको जवाफ यस क्षेत्रका जनताले व्यालेट मार्फत दिनेमा गच्छदारले बताउनुभयो । अरु जस्तो आफूले अकुत सम्पती आर्जन गरेको भए बिपक्षी उमेदवार जस्तै तडकभडकका साथ प्रचार प्रसार गर्थे तर के गर्नु सधै जनताको सेवा गरेका कारणले आफूसंग पैशा नभएको र आफनो धन जनतानै भएको उहाँले प्रष्ट पार्नुभयो ।
सुनसरी ३ मा बिगतको बिकास र अहिलेको बिकासमा कति फरक छ भने जनतालाई स्पष्ट जानकारी भएकोले आउने मङसिर ४ गतेको निर्वाचनमा आफू सहित नेपाली काङग्रेसका उमेदवारलाई जनताले बिजयी गराएर पाठाउनेमा आफू ढुक्क भएको दाबी गर्नुभयो । सधै जनताले आफूलाई बिश्वास गर्दै आएको बताउनुहुदै यस पटक जनताले आफूलाई न्याय दिनेमा समेत आशावादी रहेको बताउनुभयो ।
आफू पटक पटक मन्त्रि भएर यस क्षेत्रको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा लगायतका कार्य गर्नका लागि बिभिन्न फोरममा अवाज उठाएको र आउने दिनमा समेत उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो बारेमा भ्रष्टाचारको प्रचार गरेर जनतामा भ्रमको राजनीति गर्नेलाई यस पटक पुनः जनताले पिना सुकाउने उहाँले बताउनुभयो ।

Tags: विजय गच्छदारसातौं पटक जनताले विजयी गराउछ
Previous Post

साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट २ जना प्रहरी कर्मचारी पुरस्कृत

Next Post

सिताराम मेहताको सदाबहार चुनावी एजेण्डा ः ‘कौवाखोज सडक’

Next Post
सिताराम मेहताको सदाबहार चुनावी एजेण्डा ः ‘कौवाखोज सडक’

सिताराम मेहताको सदाबहार चुनावी एजेण्डा ः ‘कौवाखोज सडक’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist