धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं–६ राइ टोलमा रुखले किचेर एक युवाको मृत्यु भएको छ ।
छथर जोरपाटी गाउँपालिका वडा नं-५ का २८ वर्षिया मनकुमार राईको रुखले किचेर मृत्यु भएको हो ।
ढल्न लागेको रुखलाई डोरीले तानेर साईड लगाउन खोज्दा रुख आफै तिर आएर लाग्दा राईको घट्ना स्थल मै मृत्यु भएको छथर जोरपाटी वडा नं- ५ का वडाध्यक्ष डिक वहादुर लिम्वुले जानकारी दिनुभयो ।स्थानिय भिम आचार्यको बारीमा उतिसको रुख काट्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ ।
घट्ना स्थलमा प्रहरीले सर्जिमिन मुचुल्का गरेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगि सकेको धनकुटाका प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।