ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने

गणेश कुमार यादव by गणेश कुमार यादव
January 22, 2023
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने
42
SHARES
Share on FacebookShare on Twitter

माघ ८ गत,इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको पहिचान र साहित्य तथा चलचित्रको क्षेत्रमा भएको प्रगतिको प्रस्तुति सहितको लागि प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव पहिलो संस्करण फागुन ७ देखि १२ गतेसम्म आयोजना हुने भएको छ ।

देशभरका चलचित्रको अनुभव बटुलेकाहरूको उत्सवमा प्रस्तुतिकरण महोत्सवमा रहने जनाएको छ । इनरुवा नगरपालिकाको संयोजक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी गरेको जानकारी दिएको छ ।

महोत्सवका लागि ५५ वटा स्टल सहित पचास हजार बढी दर्शक र सय बढी चलचित्रकर्मीहरुको सहभागीता रहने आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिनुभयो । इनरुवाको स्थापनादेखी हालसम्म पहिचान कायम गराउने विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम समेत उत्सवमा समावेस गरिएको प्रधानले जानकारी दिनुभयो ।

यसैगरी चलचित्रसम्बन्धी विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफल कार्यक्रम समेत सञ्चालन गरिने जनाएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधानले महोत्सवले नेपाली चलचित्र सहित इनरुवाको प्रचार र पहिचान राष्ट्रियकरण गर्न सहयोग पुग्ने दाबी गर्नुभयो ।

चलचित्र निर्माता तथा निर्देशकहरुले राष्ट्रिय चलचित्र र अन्ताष्टीय महोत्सवमा प्रदर्शन भएको र प्रस्तुतिकरण गरेकाहरुले समेत उत्कृष्ट प्रस्तुतिकरण गर्ने जनाएको छ । कार्यक्रममा अग्रज चलचित्रकर्मीहरुले महोत्सवको माध्यमबाट चलचित्र र साहत्यिमा रुचि राख्नेलाई लाभ लिने अवसर प्राप्त हुने पत्रकार सम्मेलनमा आयोजक मध्येका एक तोया गिरी पोदारले बताउनुभयो ।

महोत्सवको उद्घाटन फागुन ७ गते गर्ने र त्यसक्रममा इनरुवामा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र र पत्रकारिता क्षेत्रमा योगदान गर्ने पहिलो व्यक्तिहरुलाई सम्मान गर्ने, दोश्रो दिन फागुन ८ गते बेबी फैन्सी ड्रेस प्रतियोगिता गर्ने जसमा कक्षा १ देखी ५ कक्षामा पढ्ने बालबालिकाहरु बीचमा प्रतिस्प्रधान गर्ने कार्यक्रम रहेको छ । सोही दिन साहित्य सम्मेलन ( कविता वाचन), जातिय पोशाक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम रहेको छ । तेस्रो दिन फागुन ९ गते उत्कृष्ट तरकारी उत्पादन प्रतियोगिता, नृत्य प्रतियोगिता, चौथो दिन फागुन १० गते चलचित्र सम्बन्धी अन्तर्कृया, प्रदेश १ का चलचित्र क्षेत्रका विविध विषयमा अन्तर्कृया गरिने छ ।

नेता भर्सेज अभिनेता फुटबल बीच मैत्रिपूर्ण फुटबल खेल, बेहुली सुन्दरी प्रतियोगिता, पाचौ दिन फागुन ११ गते प्रदेश १ को तारा सम्मान कार्यक्रम चलचित्र क्षेत्रमा निरन्तर योगदान पुयाउनु भएर प्रदेश १ को नाम उच्च राख्न योगदान पुयाउनु भएका चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ का तारा भनेर सम्मान गरिने जनाएको छ । छैठौ दिन फागुन १२ गते फिल्मसिटी अवलोकन भ्रमण प्रस्तावित प्रदेश १ को बराहक्षेत्र नगरपालिकामा रहेको प्रस्तावित फिल्मिसिटी भ्रमण गराईने कार्यक्रम रहेको छ ।

प्रदेश १ कै मौलिक भाषिक, जातिय, सांस्कृतिक, साहित्यिक, विद्यालय स्तरिय तथा व्यपारिक गतिविधिलाई चलायमान गराउन तथा प्रदेशको १ पहिचानको लागि इनरुवा उत्सव एकदमै महत्व रहेको अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो । महोत्सवमा सहभागी चलचित्र सि. वि. सिनेमा तथा कमल टाकिज ईनरुवाको हलमा प्रदर्शन गरिने जनाएको छ ।

ईनरुवा १ शान्ती चोका हवी जाने सडक मोड छोडेर देखी ईनरुवा न. पा. मोडिने ईनरुवा ३ नं वडा को सिपा छुट्टीने पुल क्षेत्र सम्मको सडक र पुल छेउको पूर्व भागमा भएको रमेश श्रेष्ठ ज्युको खाली जग्गा, ईनरुवा ३ नं वडा को सिमा छुट्टीने पुल क्षेत्र सम्मको सडक र पुल छेउको पूर्व भागमा भएको रमेश श्रेष्ठको खाली जग्गामा मिनी रोटेपिङ, रेल, ड्रागन, मिकी माउस लगायतका खेल तमासा राखिने छ । निर्माण भएको १० । १० फिटका को स्टलमा सुचना केन्द्र, स्वास्थ्य केन्द्र, बिभिन्न जात जातिका खाना, व्यपारिक प्रतिष्ठानका व्यपारिक सामाग्रीहरु, स्थानिय उत्पादनको प्रतिनिधित्व गर्ने उत्पादन सामाग्री, मनोरंजनका खेल सामाग्री राखिने छ ।

 

Tags: इनरुवाइनरुवा उत्सवचलचित्र महोत्सवसुनसरी सदरमुकाम
Previous Post

प्रदेश १ का चार मन्त्रालय खारेज, मन्त्रीको जिम्मवारी तोक्ने तयारी

Next Post

इनरुवामा सिटी सफारी चालकहरुको लागि निःशुल्क आँखा जाँच शिविर

Next Post
इनरुवामा सिटी सफारी चालकहरुको लागि निःशुल्क आँखा जाँच शिविर

इनरुवामा सिटी सफारी चालकहरुको लागि निःशुल्क आँखा जाँच शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist