झापा । झापामा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सामहम्द अन्सारी पक्रउ परेका छन् ।
कन्काई नगरपालिका–४ कञ्चन टोलमा बस्दै आएका १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोलमा अन्सारी बस्दै आएका थिए । ६ वर्षीया बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।