राजविराज । सप्तरीमा प्रहरी प्रशासनको अराजक्ता वढेको छ। खास गरी सीडीओ र प्रहरी प्रमुख नै पत्रकार र मानवअधिकारवादीमाथि निर्मम तरिकाले प्रस्तुत हुन थालेका छन्।
यसैक्रममा दुई भित्र दुई जना पत्रकार र मानवअधिकारवादीमाथि कुटपिट र दुर्ब्यवहार भएको छ। सोमवार जिल्ला प्रहरी कार्यालयमै पत्रकार एवम् इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेल कुटिएका छन्।
जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा कार्यरत धनुषाको मिथिला नगरपालिका– ४ घर भएका असई राजेश्वर महतोले पत्रकार पोखरेललाई बुटले अन्डकोषमा प्रहार गरेका छन्। अन्नपूर्ण पोष्ट दैनिकका सप्तरी प्रतिनिधि समेत रहेका पोखरेल समाचार संकलनका लागि प्रहरी कार्यालयमा पुगेका थिए।
पोखरेलले केही पुरानो तथ्यांक माग गरेपछि असई महतोले ‘मलाई फुर्सद छैन’ भन्दै जवाफ दिएका थिए। अभद्र रुपमा प्रस्तुत भएपछि पोखरेलसँग उनको भनाभन भएको थियो। सोही क्रममा उनले अण्डकोष र अनुहारमा भटाघट हिर्काएको प्रत्यक्षदर्शीले वताए।
घाईते पोखरेलको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचाररत छन्। घट्नाको नेपाल पत्रकार महासंघ सप्तरीले भत्र्सना गरेको छ। सचिव रामनारायण विश्वासले मुस्कानसहितको सेवा दिने प्रहरीले यसरी समाचार संकलनका लागि गएका पत्रकारलाई नै कुटपिट गर्नु दुर्भाग्यपूर्ण भएको वताए।
आईतवार मात्रै सप्तरीका सीडीओ भुपेन्द्र थापाले अर्का पत्रकार मनोज माझीलाई दुर्ब्यवहार गरेका थिए। समाचार संकलनकै लागि पुगेका माझीलाई उनले ‘म पत्रकार सत्रकार जान्दिन’ भन्दै कार्यकक्षबाट निस्कन आदेश दिएका थिए।
त्यस विषयमा उनले आज माझी समक्ष माफी मागेका छन्।