मोरङ : पाँचजना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक धरौटीमा छुटेका छन् ।
मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधरभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका हुन् ।
मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएका हुन् ।
मोरङ अदालतमा दायर भएको बाल यौन दुरुपयोग मुद्दामा शिक्षक साहविरुद्ध पाँच जना छात्राको जाहेरीमा छुटा–छुट्टै अभियोग दर्ता भएको थियो ।
थुनछेकपछि न्यायाधीश अर्याललको इजालशले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटीमा छोडन आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।