इनरुवा । धरानमा डेङ्गु सङ्क्रमणको कारण थप दुई बालबालिकाको मृत्यु भएको छ ।
डेङ्गुको कारण धरान १५ की १० वर्षकी बालिकाको भदौ ८ गते मृत्यु भएको हो । यस्तै, धरान १३ का ८ वर्षीय बालकको भदौ ७ गते मृत्यु भएको हो ।
बालिकाको धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु भएको हो भने बालकको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि धरान ११ का १० वर्षीया बालिका र धरान १६ का ९ वर्षीय बालकको डेङ्गुकै कारण मृत्यु भएको थियो ।