दुहवी । सुनसरीको दुहबीमा पाचौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ ।
दुहबी नगरपालिका वडा नं–५ मा रहेको श्री गणेश पूजा समिति दुहबीको आयोजनामा यही २०७९ साल भदौ १५ गते देखि १७ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुने भएको हो ।
शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश चतुर्थी महोत्सव पूजा आयोजक समितिका रञ्जित गोश्वामीले जानकारी दिए ।
दुहबी नगरपालिका वडा नं– ५ मा पाँच वर्ष मनाउँदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पूजा समिति दुहबीका समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
गणेश पूजा समितिका संस्थापक रहेका राकेश मुन्धडाले यही भाद्र १५ गते बुधवारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिन सम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने जानकारी दिए ।
मुन्धडाले उक्त महोत्सवमा आकर्षकको रुपमा ६१ केजीको लड्डु र भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत र नेपालका ३ कलाकार गरी ५ जना ख्याति प्राप्त कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने समेत जानकारी दिए ।
उक्त श्री गणेश चतुर्थी महोत्सव भाद्र १६ गते शुक्रवारका दिन दुहबी नगर परिक्रमा गरेर दुहबीको बुढी खोलामा मूर्ति विसर्जन हुने आयोजकले जनाएको छ ।
शनिबार भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहबी, सशस्त्र प्रहरी बल दुहबी, ट्राफिक प्रहरी पोष्ट दुहबी, दुहबी नगरपालिका वडा नं– ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहबी नगरपालिका वडा नं–५ का निर्वाचित जनप्रतिनिधि शम्भु विश्वास, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।