गनेश कुमाार यादव
इनरुवा । सुनसरीको इनरुवामा विश्व रेविज दिवसको अवसरमा इनरुवा नगरपालिका नगर क्षेत्र भिरका चालिस् वटा सामुदायिक कुकुरको बन्धयकरण गरिएको छ ।
विश्व रेविज दिवसको उपलक्ष्यमा बुधबार इनरुवा–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा इनरुवा नगर क्षेत्र भित्रका ४० वटा सामुदायिक कुकुरको बन्धयकरण गरिएको हो ।
दिन प्रतिदिन सामुदायिक कुकुरको संखा बृद्दी भैरहेको र इनरुवा नगर क्षेत्रका मानिसहरुलाई टोक्ने समस्या बढेको कारण रेविज रोगको जोखिम समेत बढेको छ । तिनलाई नियन्त्रण गर्ने उदेश्यले सप्ताह व्यापी रुपमा सामुदायिक कुकुरको बन्धयकरण कार्यक्रमको आयोजना गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका निमित्त कार्यालय प्रमुख कुमार सिंह खत्रीले जानकारी दिनुभयो ।
उक्त दिवसको अवसरमा इनरुवा नगरपालिका नगर क्षेत्र भित्रका २ सय सामुदायिक कुकुरको बन्धयकरण गर्ने लक्ष्य लिएर सप्ताह व्यापी सामुदायिक कुकुरको बन्धयकरण कार्यक्र आयोजना गरेको इनरुवा नगरपालिका पशु पंछी शाखा प्रमुख डा.राजकुमार यादवले जानकारी दिनु भयो । दिवसकै अवसरमा इनरुवा–९ बबिया स्थित रहेको पशु सेवा केन्द्र बबियामा घरपालुवा कुकुरका लागि बुधबारबाट निःशुल एन्टी रेविज भ्याक्सिनेस लगाउने डा.यादववले जानकारी दिए ।
कोशी प्रदेश उद्योग,कृषि तथा सहकारी राज्यमन्त्री राम प्रसाद मेहताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको थियो ।
इनरुवा नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा,सुनसरीको ओजना र हिमालयन एनिमल रेस्क्यू ट्रष्टको प्रविधिक सहयोगमा उक्त कार्यक्रम सप्ताह व्यापी सुरु भएको हो ।