ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
October 7, 2023
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे इनरुवा ५ बलाहामा थारु महिलाहरुले जितिया पर्व विषेशको अबसरमा जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सनिबार इनरुवा नगरपालिका ५ नम्बर वडा कार्यालय बलाहाको प्रयायोजन तथा थारु कल्याणकारीणी सभा वडा कार्य समिति इनरुवा ५ बलहाको आयोजना तथा बलाहाबासीको सहयोगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

थारु समुदायको अग्रज संस्था थारु कल्याणकारीणी सभा इनरुवा ५ बलाहाले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको सन्दर्भमा थारु महिला सभा समेतको समन्वयमा जितिया विषेशको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको सभाले जनाएको छ । इनरुवा नगरपालिकाको थारु बाहुल्य रहेका सबै वडाका महिला तथा युवा किसोरीहरुको उपस्थितीमा भव्यताका साथ जितिया पावैन एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको सभा रोहीत चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, पूर्व नगर प्रमुख खेमराज पोखरेल, थारु कल्याणकारीणी सभाका इनरुवा अध्यक्ष रोहित चौधरी, आदीबासी जनजाती महासंघ इनरुवा अध्यक्ष दुलीचन्द चौधरी(डीसी) , इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, नेकपा एमालेका नेता एवम् सोही पार्टीबाट नगरका उम्मेदबार समेत रहनुभएका सरोज पोखरेल, पत्रकार जयकृष्ण यादव, गणेश यादव, लक्ष्मी दंगाल समेतको उपस्थिती रहेको थियो । यसैविच, जितिया पर्वको पूर्व अवसरमा जितिया सांस्कृतिक कार्यक्रममा थारु पहिरण र गीत, नाच प्रस्तुत गरिएको छ ।

थारु महिलाहरुले मनाउने जितिया पर्वको कथाको बारेमा राजकुमारी चौधरी, सर्मिला चौधरी, फौगनी चौधरी र ममता चौधरी, उर्मिला चौधरी सहितले वाचन तथा अभिनय गर्नुभएको थियो । जितिया विषेश कार्यक्रम अन्तरगत थारु साँस्कृतिक कार्यक्रम, बिरहैन, पराती, झुमरा, जटाजाटिन लोक नृत्य र आधुनिक अभिनय समेत प्रस्तुत गरिएको आयोजक समितिका अध्यक्ष सन्तोश चौधरीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अथिति इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जितिया पर्वले थारु, मधेसी सहित नगरबासीलाई सुख, शान्ती, समृद्धि र भाईचाराको सम्बन्ध स्थापीत गर्ने भन्दै शुभकामना दिनुभयो । उहाँले सबै जातजाती, भाषाभाषी, धर्म संस्कृतिको सम्मान गर्नु नगरको दायित्व भएको बताउनुभयो । थारु सुमदायको महान पर्व जितियाले थारु सहित नगरबासीलाई सुख, शान्ती, समृद्धि र भाईचाराको सम्बन्ध स्थापीत गर्ने बताउनुभयो । उहाँले पर्वले एकआपसमा शुभकामना साटासाटसगैं सांस्कृतिक कार्यक्रमले संस्कृतिको जर्गेना गर्ने समेत बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सभा नेताहरु मोहीनारायण चौधरी, सगेन चौधरी, देवेन्द्र चौधरी, चन्द्रकला चौधरी, बद्रीलाल चौधरी, चन्द्रलाल चौधरी, सरोज चौधरी, विष्णु चौधरी, यमकुमार श्रेष्ठ, लालबहादुर श्रेष्ठ, दुर्गा दाहाल, शारदा भट्टराई, श्रीजना विश्वकर्मा , बुधनारायण चौधरी, रामनारायण चौधरी, पन्नालाल चौधरी सहितको उपस्थिती रहेको थियो ।

Previous Post

कोशीका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिए राजीनामा

Next Post

परराष्ट्रले भन्यो : इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

Next Post
परराष्ट्रले भन्यो : इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

परराष्ट्रले भन्यो : इजरायलमा नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1546 shares
    Share 618 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist