पुस १३ गते, इनरुवा । सुनसरीको सिमावर्ति क्षेत्र देवानगंज गाउँपालिका वडा नं-३ बाट ठुलो परिमाणमा मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले पुस १० गते नेपालबाट भारत तर्फ अबैध रुपमा मदिरा पैठारी गर्नको लागी सुनसरीको देवानगञ्ज गाउँपालिका-३ पाँचाैसिमरमा रहेको रुद्र मेहेताको घरमा भण्डारण गरेको अवस्थामा ठुलो परिमाणमा मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित ८ जना पक्राउ गरेको हाे ।
पाँचौसिमर वस्ने रुन्द्रो भन्ने रुद्र मेहताको घरमा अवैध रूपमा भारत तर्फ पैठारी गर्नको लागी मदिरा लुकाई छुपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलिले ठुलो परिमाणमा मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत, अररिया जिल्ला मनिपुरा १० बस्ने मन्टु यावछ ,फुल्का बजार १२ बस्ने सिन्दु पासवान, निपुर खरिया बस्ने रमेश यादव,फुल्का बजार १ बस्ने संजय पासवान, हमरोरी १४ बस्ने सुनिल कुमार यादव ,साहेबगंज बस्ने पवन कुमार यादव,फुल्काहा १२ बस्ने प्रदिप कुमार पासवान,फुल्काहा १ बस्ने कुन्दन कुमार बावव रहेका छन् ।
मदिरा र मदिरा ओसार पसारमा प्रयोग हुने १७ थान मोटरसाईकल सहित पक्राउ परेकालाई व्यक्तिलाई पुस ११ गते आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।