ADVERTISEMENT
Wednesday, December 10, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

योगी आदित्यनाथ जनकपुरधाम आउने

गणेश कुमार यादव by गणेश कुमार यादव
December 17, 2024
in मुख्य समाचार, समाचार
0
योगी आदित्यनाथ जनकपुरधाम आउने
50
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । छिमेकी मुलुक भारत उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने भएको छ ।

जनकपुरधाममा आयोजन हुन लागेको रामायण काँन्क्लेवको उदघाटनमा सहभागी हुनको लागि योगी आदित्यनाथ जनकपुरधा आउन लागेको जनाइएको छ ।

Aad

शनिवार जनकपुरधाममा काँन्क्लेवको समुदघाटनको कार्यक्रम रहेको छ । मुख्यमन्त्री आउने निश्चित भइनसकेको बताउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मंगलवार भ्रमणबारे टुंगो लाग्ने बताएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथ तीनवर्ष पूर्व सीताराम विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका थिए । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा सहभागी भएका थिए ।

भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।

भारत सरकारको रामायण सर्किट अन्तरगतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय काँन्क्लेवमा उत्तरप्रदेश राज्यका मन्त्रीहरु पनि आउने बताइएको छ ।

उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ ।त्रेता युगमा भगवान रामले भगवान शिवको धनुष (पिनाक)लाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।

भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामायण सर्किट बनाएको छ ।रामायण सर्किटको प्रमुख स्थानहरु मध्ये जनकपुरधाम र धनुषाधाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलंकामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ । जनकपुरधाममा पुसको ६ र ७ गते जानकी मन्दिर परिसरमा काँन्क्लेवको आयोजना हुनेछ ।

काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटाको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिने कार्यक्रम रहेको छ । काँन्क्लेवको उद्घाटन सत्रको अध्यक्षता मधेश प्रदेशकी राज्यपाल श्रीमती सुमित्रा भण्डारीले गर्ने छिन् ।कार्यक्रमको मुख्य अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह रहेका छन् ।

Previous Post

इटहरीमा पुस ६ गतेदेखि जेसीजको राष्ट्रिय महाधिवेशन

Next Post

लुटेरा समूहद्वारा पूर्व गाविस सचिव झाको हत्या र लुटपाट

Next Post
लुटेरा समूहद्वारा पूर्व गाविस सचिव झाको हत्या र लुटपाट

लुटेरा समूहद्वारा पूर्व गाविस सचिव झाको हत्या र लुटपाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist