इटहरी । सुनसरीको इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको २०औं वर्षमा आईपुग्दा ३९करोड भन्दा वढी लगानी गर्न सफल भएको छ ।
स्थापनाको २० वर्ष पुरा गर्दा दुर्गा बचत तथा ऋण सहकारीका सेयर सदस्यहरु २हजार ६सय २ जना र कुल ऋण लगानी ३९करोड २७लाख ८६ हजार ८सय १४ रुपैया पुर्याएको छ ।
२०वर्ष अघि थोरै सेयर सदस्यहरुबाट सञ्चालनमा ल्याइएको दुर्गा बचत तथा ऋण सहकारीले सेवा विस्तार गर्दै सदस्य संख्या वढाएको मात्र हैन धरानमा सेवा केन्द्र नै सञ्चालनमा ल्याएको सहकारीका व्यवस्थापक कुमार निरौलाले जानकारी दिएका छन ।