ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आ’पत्कालीन स्वास्थ्य समस्यामा प्राथमिक उपचार तथा हेरचाह गर्न सिकाउने ‘सीईआरटी’ एप सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
November 20, 2025
in समाचार
0
आ’पत्कालीन स्वास्थ्य समस्यामा प्राथमिक उपचार तथा हेरचाह गर्न सिकाउने ‘सीईआरटी’ एप सार्वजनिक
38
SHARES
Share on FacebookShare on Twitter

२०८२ मङ्सिर ४ गते, काठमाडौँ । दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम नेपाल (हाप्सा नेपाल) ले आपत्कालीन स्वास्थ्य समस्या तथा चोटपटको बारेमा जानकारी दिने एप सार्वजनिक गरेको छ । संस्थाले बुधबार काठमाडौँको दरबार हाई स्कुलमा एक कार्यक्रमका बिच ‘कम्युनिटि इमर्जेन्सी रेस्पोन्स टुलकिट, सीआईआरटी’ नामक एप सार्वजनिक गरेको हो ।

‘सडक साथी’ नामक संस्थाको प्राविधिक सहयोगमा तयार पारिएको सो एपमा आपत्कालीन स्वास्थ्य अवस्थामा बिरामीलाई सहयोग गर्ने तरिकालाई नेपाली भाषामा सरल तरिकाले सिकाउने भिडिओ राखिएका छन् । एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिँदाको प्राथमिक उपचार (चोकिङ), रक्तस्राव नियन्त्रण, जलन, हड्डी भाँचिदाको प्राथमिक उपचार, मुटुको चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट) तथा अन्य आपत्कालीन अवस्थाहरूमा कसरी हेरचाह गर्न सकिन्छ भन्ने विषय समेटिएका छन् ।

हाप्सा नेपालका संस्थापक डा रामु खरेलका साथै अन्य अन्तर्राष्ट्रिय आपत्कालीन चिकित्सकहरूले उपलब्ध गराएको सुझावअनुसार उक्त भिडिओहरू तयार पारेर एपमा राखिएको हुन् । ग्लोबल हेल्थ मिडियाको सहयोगमा खिचिएका १९ ओटा भिडिओहरू एपमा उपलब्ध रहेको संस्थापक खरेलले बताए । उनका अनुसार यी भिडिओहरू अफलाइन डाउनलोड गरेर पनि प्रयोगकर्ताहरूले हेर्न सक्ने गरि राखिएका छन् ।

सीपीआर लगायतका आपत्कालीन अवस्थामा गर्ने क्रियाकलापका बारेमा सबै स्थानमा तालिम दिन, बुझाउन गाह्रो पर्ने भएकाले डिजिटल तरिकाबाटै सचेतना फैलाउन यो एप तयार पारिएको उनले बताए । यता हाप्साका सीपीआर विभागका कार्यकारी प्रमुख डा कमल थापा अकस्मात मुटु रोकिएको समयमा सीपीआर पाउँदा बिरामीको ज्यान बच्न सक्ने सम्भावना दुईदेखि तीन गुणासम्म बढ्ने बताउँछन् । त्यसैले सीपीआर, चोटपटकको प्राथमिक उपचार लगायतका ज्ञान आम मानिसहरू माझ पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ ।

संस्थाले बुधबार नै दरबार हाइस्कुलका शिक्षक र विद्यार्थीसहित ४० जनालाई सीपीआरसम्बन्धी तालिम उपलब्ध गराएको छ । संस्थाले सशस्त्र प्रहरीहरूलाई पनि सीपीआर र चोकिङ सम्बन्धी तालिम दिँदै आएको संस्थापक खरेलले जानकारी दिए । हालै सार्वजनिक भएको एपले धेरै व्यक्तिहरूलाई सहयोग पुग्ने उनको भनाई छ ।

हाल सीईआरटी एप एन्ड्रोइड डिभाइसहरूका लागि उपलब्ध छ । एप्पल आईओएस एप स्टोरमा भने आगामी हप्तासम्ममा उक्त एप सार्वजनिक गर्ने गरी तयारी भइरहेको सडक साथीका संस्थापक निपुन न्यौपानेले बताए । एन्ड्रोइड प्रयोगकर्ताहरूले सो एप यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नेछन् ।

श्राेत : टेक पाना

Previous Post

रामधुनीमा डु’बेर एक जनाको मृ’त्यु

Next Post

ब्राउन सुगर सहित प’क्राउ

Next Post
लागुऔषध सहित ५ जना पक्राउ

ब्राउन सुगर सहित प'क्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1539 shares
    Share 616 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist