ADVERTISEMENT
Friday, March 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सिताराम मेहताको सदाबहार चुनावी एजेण्डा ः ‘कौवाखोज सडक’

गणेश कुमार यादव by गणेश कुमार यादव
October 19, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
सिताराम मेहताको सदाबहार चुनावी एजेण्डा ः ‘कौवाखोज सडक’
69
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जति–जति बेला चुनावको चर्चा आउछ, त्यति–त्यतिबेला सुनसरीको निर्वाचन क्षेत्र न.ं २ मा इनरुवा देखी देवानगंज गाउँपालिका सम्म जोड्ने कौवाखोज सडकको चर्चा व्यापक रुपमा शुरु हुन्छ । यो सडकसंग जोडिएर सबै भन्दा बढी चर्को भाषण गर्ने नेता हुन्, नेपाली काँग्रेसबाट दुई–दुई पटक सुनसरी–२ बाटै निर्वाचनमा बिजयी प्राप्त गर्ने प्रतिनिधी सभाका सदस्य तथा अहिलेका पनि सोही क्षेत्रका काँग्रेसका उम्मेदवार सिताराम मेहता । जब–जब चुनाव नजिक आउँछ तब तब काँग्रेसबाट उम्मेदवार बन्ने सितराम मेहताले यो सडकको बिषयमा चर्का भाषणहरु शुरु गर्दै आश्वासन बाड्न शुरु गर्छन् । यो सडकलाई आफ्नो प्रमूख चुनावी एजेण्डा बनाएर ‘आफ्नो कार्यकालमा जसरी पनि पुरा गर्ने’ प्रतिबद्धता गर्दै भोट माग्छन् । तर दुई–दुई पटक यसै क्षेत्रका जनताले निर्वाचित गराएका सिताराम मेहताले यो कौवाखोज सडक बनाउन त के मर्मत सम्भारमा समेत ध्यान दिन सकेको छैन् ।

विगत लामो समय देखि यो सडक काँग्रेसका प्रतिनिधी सभा उम्मेदवार सिताराम मेहताको चुनावी नारा बन्दै आएको छ । सुनसरीको दक्षिणवर्ती गाउँपालिकाहरुसँग सदरमुकामसँग जोडिने यो सडक जहिल्यै पनि सिताराम मेहताको चुनावी नारा मात्रै बन्यो । कौवाखोज सडकको अवस्था अहिले यस्तो दयनिय अवस्थामा पुगेको छ कि सो सडक हुँदै ठुला सवारी साधनको त कुरै छौडौं, साईकल, सिटि रिक्सा समेत चलाउन समस्या हुने गरेको इनरुवा नगरपालिका ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी जानकारी दिए । सडक भरी पोखरी जस्तै खाल्डो बनेको छ । तर सडक निर्माण हुन सकेको छैन् । सिताराम मेहता १० बर्ष सम्म सांसद रहँदा समेत यो सडक अझै बन्न सकेको छैन् । काँग्रेसी नेता सिताराम मेहता सहित अन्य दलहरुले चुनावी एजेण्डा बनाउने र पछि मतलब नगर्ने प्रबृतीका कारण यो सडक अलपत्र अबस्थामा पुगेको देखिन्छ ।

लोकतन्त्रको स्थापनापछि सिताराम मेहता सहित सबैजसो दलका उम्मेदबारहरुले यो सडकलाई चुनावी एजेण्डा बनाउँदै आएका छन् । २०६४ सालमा भएको दोस्रो संबिधान सभा निर्वाचन र २०७० को आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर दुबै निर्वाचनमा बिजयी हासिल गरेका सिताराम मेहताले यही सडकलाई प्रमुख एजेण्डा बनाएका थिए । चुनाव जितेर गएपछि उनि एक पटक भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री बन्ने अवशर पाउँदा पनि उनले कौवाखोज सडक बनाउन ध्यान नदिएको सुनसरी निर्वाचन क्षेत्र न.ं २ को राजनितिक बृत्तमा चर्चा चल्छ । यो सडकलाई ‘सिताराम मेहताको सडक’ भनेर बिपक्षीहरुले टिप्पणी समेत बेला बेलामा गर्दै आएका छन् । सोही सडकको नामले सिताराम मेहताले २०६४, २०७० साल सम्म निर्वाचन जिते । र २०७९ मंसिर ४ हुने प्रतिनिधी सभाको निर्वाचनमा पनि सिताराम मेहताले फेरी यही सडकलाई बनाउने भनि मुख्य एजेण्डा लिएर निर्वाचनको मैदानमा उत्रिएका छन् । उनी पटक–पटक सांसद र एक पटक राज्य मन्त्री पनि भए , तर सडक बनाएन अब उनले यो सडक बनाउने भन्ने बिषयमा आफूहलाई विश्वास लाग्न छोडेको जल्पापुरका जियाद्धिन मंसुरीले बताए ।

नेपाली कांग्रेसबाट उम्मेदबार बनेका सिताराम मेहता पटक–पटक यो क्षेत्रबाट निर्वाचित हुँदा पनि सडक पुरा नगरेको आरोप लगाउदै अधिकांश जनताले भोट यसपालि नदिने मनसाय बनाएको सुनसरी क्षेत्र न.ं २ को राजनितिक बृतमा व्यापक चर्चामा रहेको सुनिन्छ ।

‘हामीकहाँ तरकारी, फलफुल, नगदेबाली, कृषिबाली, पशुपालन सबैको उल्लेख्य सम्भावना छ,’ सुनसरी क्षेत्र न.ं २ को दक्षिण क्षेत्रमा पर्ने हरिनगर गाउँपालिका युवा प्रदिप मेहता भन्छन्,‘हाम्रा दाजुभाईले साईकल मोटरसाईलमा बोकेर पनि राम्रो कमाईरहेका छन् । कम्तीमा बाह्रैमास सडक उहिल्यै बनिदिएको भए हाम्रो आयस्तर निकै माथि पुगिसक्थ्यो ।’

Tags: कौवाखोज सडकचुनावी एजेन्डासिताराम मेहता
Previous Post

सातौं पटक जनताले विजयी गराउछ : नेता गच्छदार

Next Post

चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवामा बिराेध र्याली

Next Post
चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवामा बिराेध र्याली

चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवामा बिराेध र्याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist