- गनेश कुमार यादव
कार्तिक ४ गते,इनरुवा । दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा इनरुवाट ८ की अमिशा मलाकारलाई एक घण्टाको लागि इनरुवा नगरपालिका वडा नं ८को वडा सचिव बनाइएको छ ।
शुक्रबार प्लान ईन्टरनेशनल नेपालको सहयोग र साझा सवालका लागि साझा मंच कोकनकाे आयोजनामा गर्लस् टेक ओभर कार्यक्रम को लागि मलाकारलाई एक घण्टाको लागि वडा सचिव बनाइएको हो ।
वडा सचिव पदभार ग्रहण गरेपाछी मलाकारले गर्लस् टेक ओभरका किसोरी,वडा अध्यक्ष ,प्लान ईन्टरनेशनल नेपालका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन ।
छलफलका क्रममा किशोरीहरूको समूहले वडामा बालबालीकाको अधिकार,वडाका समस्या,जन्मदर्ता,लगायत वडाबाट पाउने सोवा सुविधाका वर्तमान अवस्था लगायत चुनौती र स्थानीय सरकारको जिम्मेवारीको विषयमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र समेत बुझाएका थिए ।ज्ञापन पत्र बुझे पश्चात मलाकारले सम्पूर्ण समस्याको विषयमा सम्बन्धीत निकायबिच छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएकी थिइन ।
उक्त कार्यक्रममा इनरुवा नगरपालिका वडा नं–८ का वडा अध्मक्ष असोक कुमार हाहले ‘प्लान ईन्टरनेशनल नेपालले दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा गाउँका किसोरीहरुलाई जुन अभिभाराके बारेमा जागरुक गर्ने र समाकमजलाई एउटा नयाँ दिशातिर सोचका साथ यो कार्यक्रम राख्नु भएको छ यो सराहनिर छ , इस्तो कार्यक्रम प्रत्येक टोल टोलमा हुनु पर्छ मलाई लागेको छ ।’ भनेर बताए ।
उक्त कार्यक्रममा एक घण्टाको लागि सचिव पद पाएकी किसोरी अमिशा मलाकारले एस्तो कार्यक्रमले हामी लगायत अन्य किसोरीहरुमा सो समाजमा केही गर्न सक्ने,आफुहरुपनि ठुलो भएर समाजका लागी केही गर्ने आषा पलाउने बताइन् ।
उक्त कार्यक्रम इनरुवा नगरपालिका वडा नं–८ का वडा अध्यक्ष असोक कुमार साहको अध्यक्ष्तामा स सम्पन्न भएको थियो ।
एस्तो कार्यक्रमहरु ल्याएर वडाका पिछडिएका समुदाय वा अन्य न्युन हाय भएका समुदायका बालबादिलकाले पनि आफुहरु भोली गएर सम्मानित स्थानमा पुग्ने हौसला बढाउन सक्ने देखीन्छ । यो एउटा राम्रो पक्ष हो एस्तो कार्यक्रमहरुलाई निरन्तरता दिन जरुरी देखिन्छ ।