ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक

गणेश कुमार यादव by गणेश कुमार यादव
August 31, 2022
in खेलकुद
0
विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक
38
SHARES
Share on FacebookShare on Twitter

भदौ १५ गते
विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

मंगलबार राति सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेस प्रदेशको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमीफाइनलको यात्रा तय गरेको हो । रोमान्चक बनेको खेलमा लाहानका लागि खेलको चौथो मिनेटमा तोयाराम भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुआती चरणमै गोल आत्मसात गरेर कमजोर देखिएको आयोजक विराट बी विरुद्ध लहानले खेलको १५ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

डि बक्सभित्र विराटका मोतीप्रसाद घिमिरेको हातमा बल लागेपछि पाएको पेनाल्टीमा लाहानका भुजेलले दोस्रो गोल गरेका थिए । पेनाल्टी प्रहारको ८ मिनेट नवित्तै खेलको २३ औं मिनेटमा कृष्ण शाक्यले आयोजक विराटका लागि आकर्षक गोल गरेर अन्तर कम बनाएका थिए ।
पहिलो हाफमा दुई एक गोलले पछि परेको विराटको खेल दोस्रो हाफमा लयमा रहेको थियो । खेलको ४७ औं मिनेटमा आयोजकका लागि कृष्णले पुनः दोस्रो गोल गरे । त्यसपछि निर्धारित समय सकिदाँसम्म दुवै टोली समान दुई गोलको बराबरीमा रहे ।

निर्धारित समयसम्म बराबरीमा खेल टुंगिएपछि म्याच कमिश्नर ओम प्रकाश मास्कले टाइब्रेकरबाट निणर्य भएको जानकारी दिए । सो क्रममा घरेलु टोली विराटका लागि कृष्ण शाक्य, शेरबहादुर थापा, अरुण लामा र गोलरक्षक प्रकाश मल्लले गोल गरेका थिए । विराटका महानन्द राजवंशीको प्रहार भने खेर गएको थियो । अर्कोतर्फ, लाहानका लागि तोयाराम भुजेल, देउमान लिम्बू, र अमिर लामाले गोल गरेका थिए । लाहानका दिपेन गिरी र लोकबहादुर आलेको प्रहार भने खरे गएको थियो ।

यससंगै जित हात पारेको आयोजक विराट बी ले बिहीबार हुने प्रतियोगिताको पहिलो सेमीफाइनलमा मोरंगको सिद्राह भेट्रान क्लबसंग स्पर्धा गर्ने प्रतियोगिता संयोजक बसन्त राज अर्यालले जानकारी दिए । उनका अनुसार बुधबारको खेलमा हाटखोला भेट्रानले मोरंगको जहदाँ भेट्रान क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

Tags: फुटबल प्रतियोगितामेघा भेट्रान्स फुटबल प्रतियोगिता
Previous Post

पाँच दिने भ्रमणमा भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै

Next Post

कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै

Next Post
कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै

कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1643 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist