काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नियुक्त भएकी छन् ।
मुख्य प्रशिक्षक कुमार थापाले सोमबार एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् ।
साफ च्याम्पिनसिप सुरु हुनुभन्दा एक दिन अघि तुम्बापोलाई कप्तान र जैसीलाई उपकप्तानमा नियुक्ति दिइएको हो ।
मुख्य प्रशिक्षक थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी दिइसकेका दिइसकेको बताएका छन् ।
नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उनी राष्ट्रिय टोलीमा परेकी छैनन्।