Friday, June 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बराहक्षेत्रकै भव्य र शानदार सप्तकोसी गोल्डकप सुरु, उदघाटन खेलमा पिएफसी सेमिफाइनलमा

गणेश कुमार यादव by गणेश कुमार यादव
October 16, 2022
in खेलकुद
0
बराहक्षेत्रकै भव्य र शानदार सप्तकोसी गोल्डकप सुरु, उदघाटन खेलमा पिएफसी सेमिफाइनलमा
44
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

असाेज३० गते,बराहक्षेत्र । बराहक्षेत्र नगरकै भव्य र शानदार फुटबल प्रतियोगिता सप्तकोसी गोल्डकप सुरु भएको छ । ९ औं संस्मरणको प्रतियोगिता हिजो (सनिवार) बाट सुरु भएको हो ।
बराहक्षेत्र ७ स्थित देविघाटमा पहिलो उदघाट्न खेल पथरी फुटबल क्लब, पथ्री र फेयर फुटबल क्लब, इटहरीबीच भएको थियो । खेलमा पथरी फुटबल क्लबले फेयर फुटबल क्लब लाई ०-२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफको खेलमा पथरीका उमेश कार्कीको कर्नर प्रहारलाई अभिषेक गुरुङले हेड गर्दै गोल पहिलो खाता खोलेका थिए ।
त्यस्तै, दोस्रो हाफमा पुनः पथरीका आशिष चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा पटकपटक मौका पाएपनि फेयर फुटबल क्लबले गोल गर्न नसक्दा खेल हार खेप्नुपरेको थियो ।
खेलमा पहिलो गोल गरेका अभिषेक गुरुङ खेलको म्याच फद म्याच घोषित भए उनले नगद ३ हजार सहित ट्रफी हात पारेका थिए ।
औपचारिक कार्यक्रममा भने क्लवका कार्यवाहक अध्यक्ष हर्कबहादुर राईले सभादक्ष्यता गरेका थिए भने कोशी गाउपालिकाका अध्यक्ष अयुब अन्सारी प्रमुख अतिथि थिए । त्यस्तै, मुख्य आकर्षणको रूपमा सुचना, प्रबिधी तथा सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्तिथि थियो ।
स्थानीय वसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा आइतबारको खेल आयोजक र पन्चायन फुटबल क्लब बीच हुने क्लवका सचिव लेखु न्यौपानेले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ । बराहक्षेत्रमा विभिन्न क्लबहरूले एकपछि अर्को गर्दै फुटबल प्रतियोगिताहरू गर्दै आएका छन् । यद्यपि सप्तकोसी गोल्डकप भने केही समय अघिदेखि निरन्तर रूपमा सञ्चालनरत छ । यहाँ हुने प्रतियोगितामध्ये यसलाई विशेष रूपमा हेरिने गरिएको छ ।

Tags: उदघाटन खेलमा पिएफसी सेमिफाइनलमाबराहक्षेत्रबराहक्षेत्र नगरपालिकाबराहक्षेत्रकै भव्य र शानदार सप्तकोसी गोल्डकप सुरु
Previous Post

सुदखोरभन्दा चर्का लघुवित्त

Next Post

विजय गच्छदारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

Next Post
विजय गच्छदारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

विजय गच्छदारसहित ९ जनाको उमेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2787 shares
    Share 1115 Tweet 697
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1518 shares
    Share 607 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    822 shares
    Share 329 Tweet 206
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist