Wednesday, November 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादवको राजनीतिमा महँगो धक्का

गणेश कुमार यादव by गणेश कुमार यादव
November 23, 2022
in Uncategorized, मुख्य समाचार
0
उपेन्द्र यादवको राजनीतिमा महँगो धक्का
38
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

मंसिर ७ गते , काठमाडौं । सिंहदरबारविरुद्ध मधेश विद्रोहको नेतृत्व गर्दै १५ वर्ष अगाडि राष्ट्रिय राजनीतिको इपिसेन्टरमा आइपुगेका उपेन्द्र यादवलाई यो चुनावले ठूलो धक्का दिएको छ । त्यसै पनि यादव, सत्ता केन्द्रीत राजनीतिका कारणले रक्षात्मक अवस्थामा थिए ।

मनोनयन दर्ताको दुई दिनअघि ९२१ असोजमा० मात्रै यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० ले सत्तारुढ गठबन्धन तोडेर एमालेसँग तालमेल गरेको थियो । बिगतमा चर्को आलोचना गरिरहेको दल एमालेसँग तालमेल गर्नै अवस्थामा यादव देखिनुको अर्थ उनीसँग एक्लै प्रतिस्पर्धामा उत्रने आत्मविश्वास थिएन ।

तर कुनै गठबन्धन नगरेका जनमत पार्टी, नेपालका अध्यक्ष चन्द्रकान्त ९सिके० राउतले यादवलाई हराउने पक्का भएको छ । ०७४ मा चुनाव जितेकै सप्तरी–२ मा उम्मेदवार बनेका यादवलाई सिकेले १५ हजार मतले पछाडि पारेका छन् । अब गणना हुन बाँकी मत भने करिव ८ हजार मात्र छ ।

यो समाचार तयार पार्दासम्म राउतले ३० हजार ६६९ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका यादवले १५ हजार १५८ मत मात्र पाएका छन् । बाँकी मत गणनामा पनि यादवले ०७४ मा ल्याएको मत समेत जोगाउने सम्भावना छैन । त्यसबेला २१ हजार ६२० मत पाएर जितेका थिए । यो हारसँगै पाँच वर्षसम्म उपेन्द्रका लागि संसदको ढोका बन्द भएको छ ।

 

जबकी १५ वर्षअघि ठूला दलका उम्मेदवारलाई हराएर दुई क्षेत्रबाट जित्ने नेता थिए, उपेन्द्र । २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुनसरी–५ र मोरङ–५ बाट उपेन्द्रले जितेका थिए । त्यसबेला पनि चुनावी तयारी लामो थिएन । तर उपेन्द्रप्रति आकर्षण र जनलहर थियो ।

त्यो आकर्षणको कारण भने २०६३ सालको अन्तरिम संविधानप्रति बिमति जनाउँदै यादवले मधेश आन्दोलनको नेतृत्व गर्नु हो । संसदीय चुनाव भने २०४८ मा पनि लडेका थिए । २०४८ मा एमालेबाट सुनसरी–४ मा यादव उम्मेदवार भए, तर जित्न सकेनन् ।

कांग्रेस प्रभावित क्षेत्रमा पराजित भएपछि यादव, मधेशी जनाधिकार फोरम नामक गैरसरकारी संस्था चलाउनतिर लागे । लामो समय त्यही संस्थाबाट मधेशका भूगोलमा सक्रिय भए । तर अन्तरिम संविधान अधुरो र विभेदित भएको निष्कर्षसहित यादवले थालेको मधेश विद्रोह सशक्त बन्यो । गैससलाई यादवले राजनीतिक पार्टीमा रुपान्तरण गरे ।

उपेन्द्र र सिके ।
कतिसम्म भने त्यही मधेश आन्दोलनले नेपाली कांग्रेस, नेकपा एमाले जस्ता दलहरुमा आवद्ध मधेशी समुदायका नेताहरु समेत विद्रोह गर्न बाध्य भए । पञ्चायतकै समयमा मधेश केन्द्रित एजेण्डा लिएर स्थापित नेपाल सद्भाना पार्टी पृष्ठभूमि भएका नेताहरुमा उर्जा ल्यायो । ठूला राजनीतिक दलहरु छोडेर मधेश आन्दोलनमा होमिने नेताहरुले तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरे । सद्भावनाका विभिन्न समूहमा रहेका नेताहरु एकताबद्ध भए ।

कांग्रेस छोडेर महन्थ ठाकुरले तमलोपाको नेतृत्व गरे । विजयकुमार गच्छदार, महिन्द्र राय यादव, शरतसिंह भण्डारी राजकिशोर यादवहरु उपेन्द्र नेतृत्वको फोरममा आवद्ध भए । शान्ति प्रक्रियामा आएपछि पहिलो पटक चुनावमा होमिएको माओवादीको देशव्यापी लहर आएको पहिलो संविधानसभा चुनावमा फोरमले प्रत्यक्षतर्फ २२ सिट जित्यो । समानुपातिकमा ६ लाख ३४ हजार १५४ मत पाएको यादव नेतृत्वको पार्टीले ३० समानुपातिक र २ मनोनित सांसद पायो । प्रत्यक्ष, समानुपातिक र मनोनित गरी ५४ सिट पाएको यादव नेतृत्वको फोरम संविधानसभाकै चौथो शक्ति बन्यो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा फोरम सहभागी भयो । यादवकै नेतृत्वमा फोरम सरकारमा सहभागी भयो । त्यसबेला यादव र उनको पार्टीले उठाएको आवाज राष्ट्रिय राजनीतिले नसुनी नहुने परिस्थिति निर्माण भएको थियो । संविधानको महत्वपूर्ण अन्तर्वस्तुका रुपमा रहेको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशी सिद्धान्तमाथि यादवको बलियो दावी छँदैछ ।

तर उनी नेतृत्वको फोरमको अवनती प्रचण्ड नेतृत्व सरकार ढलेबाटै भयो । प्रचण्डले राजिनामा दिएपछि विकसित राजनीतिक कोर्सले फोरम विभाजित हुन पुग्यो । पार्टी विभाजन गरेर विजय गच्छदारले माधव नेपाल नेतृत्वमा सरकार बनाउन सहयोग गरे, गच्छदार उपप्रधानमन्त्री भए । यसपछि सरकार बदलिएपछि यादव नेतृत्वको पार्टीमा असर परिरह्यो, विभाजन आइरह्यो ।

०७० मा यादव नेतृत्वको पार्टी खुम्चिएर १० सिटमा झर्यो । २ लाख १४ हजार ३१९ मत पाएर समानुपातिकतर्फ ८ सिट र प्रत्यक्षमा २ सिट उनको पार्टीले जित्यो । यो ६ वर्षको अवधिमा यादवले ४४ सिट गुमाए । यादव आफै मोरङ–५ बाट पराजित भए । तर उनी सुनसरी–५ बाट भने जितेका थिए । चुनावबाट जनमत खस्के पनि मधेशको एजेण्डा लिएर आन्दोलन गरिरहे । यादव सहित मधेश केन्द्रीत दलहरुको असहमतिका बाबजुत २०७२ मा संविधान जारी भयो ।

०७४ को चुनावसम्म आइपुग्दा यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरिसकेका थिए । एकतापछि बनेको संघीय समाजवादी फोरम र अर्को दल राजपासँग तालमेल गरी ०७४ को चुनावमा यादव सहभागी भए । त्यो चुनावमा यादवले सप्तरी–२ बाट जिते । संविधानले कुनै पनि उम्मेदवारले एक क्षेत्रबाट मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको थियो ।

त्यो संवैधानिक व्यवस्थाबाट ०७४ को चुनावमा बचे पनि यसपटक जोगिन सकेनन् । किनकि संविधानले गैरसांसदलाई सरकारको बाटो समेत बन्द गरेको छ । त्यसैले यो पराजयले यादवको राजनीतिमा ठूलो धक्का दिएको छ । यसले उनी नेतृत्वकै पार्टी समेत संकटतिर धकेल्ने संकेत नै गरिसकेको छ ।

मधेशकै एजेण्डा बोकिरहेका सिके राउतसँग यादव आफैं पराजित हुने निश्चित भएको छ भने उनी नेतृत्वको जसपाका चार उम्मेदवारले मात्रै अग्रता लिइरहेका छन् । ०७४ को चुनावमा भने मधेश प्रदेशको ३२ मध्ये ९ सिट यादव नेतृत्वको पार्टीले जितेको थियो । यो मधेशमा उनी नेतृत्वकै पार्टीले सरकार बनाएको थियो ।

यसपटक भने तराई–मधेशका १४ जिल्लामा १७ निर्वाचन क्षेत्र लिएर एमालेसँग तालमेल गरेका थिए । तालमेल गरेकै उम्मेदवारले अपेक्षित नतिजा ल्याउन सकिरहेका छैनन् ।
श्रोत ः अनलाइन दबर

Previous Post

उपेन्द्र यादवसँग मतान्तर बढाउँदै सीके राउत

Next Post

उदयपुरबाट प्रदेश सभामा नारायण बुर्जा मगर ३५ मत विजयी

Next Post
उदयपुरबाट प्रदेश सभामा नारायण बुर्जा मगर ३५ मत विजयी

उदयपुरबाट प्रदेश सभामा नारायण बुर्जा मगर ३५ मत विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist