ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

झुठा सूचना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी

गणेश कुमार यादव by गणेश कुमार यादव
November 2, 2025
in Uncategorized, मुख्य समाचार, समाचार
0
झुठा सूचना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी
192
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, कार्तिक १० गते । सुनसरीको कोशी गाउँपालिका–५ हुडकी टोलमा भएको लागुऔषध (गाँजा) नियन्त्रण घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरी स्वयं विवादमा तानिएको छ। प्रहरीले घटना सम्बन्धी सञ्चारमाध्यमलाई पठाएको विवरण र वास्तविक घटनाबीच ठुलो फरक देखिएको छ।

विज्ञान सामाग्री

कार्तिक ५ गते बुधबार बिहान प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको सहायक निरीक्षक पवनकुमार रायको नेतृत्वमा गस्ती टोलीले विशेष सूचनाका आधारमा हुडकी टोलस्थित मोहम्मद नुरुल हक (बिजली) को घरमा छापा मारेको थियो। उक्त क्रममा भारतको सुपौल जिल्ला किसनपुर पंचायत–६ तिरगंज निवासी करिब २२ वर्षीय इम्तियाज मियाँलाई १२३.५ केजी गाँजा सहित रंगेहात पक्राउ गरिएको थियो। इम्तियाज मियाँ गाँजा झार्ने क्रममा घरमै समातिएका थिए भने सवारी चालकलाई प्रहरीले उम्काएका थिए ।

स्थानीय स्रोतका अनुसार, गाँजा मोहम्मद नुरुल हक (बिजली) को घरभित्रै तयारी अवस्थामा फेला परेको थियो, जसको सवारी प्र.१–०२–००३ ह ८७०५ नम्बरको सिटी सफारी रहेको पुष्टि गरिएको छ।

तर, जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चारकर्मीहरुलाई पठाएको सूचनामा भने घटनालाई तोडमोड गरी प्रस्तुत गरेको आरोप लागेको छ। प्रहरीले बबिया मिडिया प्रा.ली.द्वारा सञ्चालित आवर सुनसरी डट कम को आधिकारिक इमेलमा पठाएको सूचनामा “सिटी चालक फरार भएको, गाँजा सवारीभित्र फेला परेको र चालक नाम नखुलेको” भन्ने उल्लेख गरेको थियो।

तर वास्तविकतामा, पक्राउ परेका व्यक्ति सवारीभित्र होइन, मोहम्मद नुरुल हक (बिजली) को घरभित्र गाँजा झार्दै गर्दा पक्राउ गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् र तस्बिर समेत सार्वजनिक भएकाे छ ।

यसरी घटना विवरणमा तोडमोड र झुठा सूचना प्रवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमाथि प्रश्न उठ्न थालेको छ।

प्रहरीले बबिया मिडिया प्रा.ली.द्वारा सञ्चालित आवर सुनसरी डट कम को आधिकारिक इमेलमा पठाएको सूचना यस्तो थियाे “लागू औषध गाँजा सहित मानिस र सवारी नियन्त्रणमा

मिति २०८२।०७।०५ गते ०१:३० बजेको समयमा जिल्ला सुनसरी कोशी गाँउपालिका वडा नं.-०५ स्थितमा लागू औषध ओसार पसार तथा कारोबार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी श्रीपुरजब्दी सुनसरीबाट खटिएको प्रहरी टोलीले प्र १-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सालाई पछयाउदै जाँदा जिल्ला सुनसरी कोशी गाँउपालिका वडा नं. ०५ वडा कार्यालय नजिक सिटि छाडी तत्काल नाम वतन नखुलेको सिटि चालक फरार भएको र उक्त सिटिलाई कानुन बमोजीम चेकजाँच गर्दा ४ बोरा लागू औषध गाँजा जस्तो देखिने पदार्थ १२३.१५ केजि ( एक सय तेइस किलो पन्ध्र ग्राम ) फेला परेको हुँदा उक्त लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित उक्त सिटिमा सवार देश भारत जिल्ला सुपौल किसनपुर पंचायत वडा नं.-०६ तिरगंजमा बस्ने वर्ष २० को मोहमद ईम्तियाज मिया र सवारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको, साथै फरार सिटि चालकको खोजतलास गर्ने कार्य भईरहेको ।”

Previous Post

कुवाको पानी खान्छन् सुकुम्बासी परीवार

Next Post

सदा टोलमा झाडापखालाको संक्रमण तीव्र बन्दै

Next Post
सदा टोलमा झाडापखालाको संक्रमण तीव्र बन्दै

सदा टोलमा झाडापखालाको संक्रमण तीव्र बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1534 shares
    Share 614 Tweet 384
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist