ADVERTISEMENT
Monday, March 9, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

उदयपुर क्षेत्र नं.–१ बाट पारश मणि गेलाल (आनन्द) को उम्मेदवारी

वर्षौंदेखि उपेक्षित उदयपुर–१, परिवर्तन चाहने जनतासँग पारश मणी गेलाल

गणेश कुमार यादव by गणेश कुमार यादव
December 27, 2025
in मुख्य समाचार
0
उदयपुर क्षेत्र नं.–१ बाट पारश मणि गेलाल (आनन्द) को उम्मेदवारी
210
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उदयपुर क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य पदमा पारश मणि गेलाल (आनन्द) ले प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय उ‌द्योग तथा बाणिज्य विभाग सचिव केन्द्रिय निर्वाचन रणनिती कार्यदल – सदस्य समेत रहेका गेलाल “जननी जन्मभूमिश्च, स्वर्गादपि गरियसी” भन्ने मूल नाराका साथ उनी जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै चुनावी मैदानमा उत्रिएका हुन्।

उदयपुर जिल्लाको हडिया गाबिस वडा नम्बर २ ज्यामिरेमा जन्मिएका गेलालले आफ्नो प्रारम्भिक जीवनदेखि नै शिक्षा, समाज सेवा र सुशासनको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले औपचारिक शिक्षाको थालनी श्री थान पोखरी माध्यमिक विद्यालय (मावि) बाट गरेका हुन्। सानै उमेरदेखि समाजसेवामा रुचि राख्ने उनी बाल समूहमार्फत ‘मिना कार्टुन’ भिडियो गाउँ–गाउँमा देखाउँदै चेतनामूलक सन्देश फैलाउने कार्यमा संलग्न थिए। यसै क्रममा उनले आफ्नो स्कुले जीवनमै सामाजिक उत्तरदायित्वप्रति गहिरो चासो विकास गरेका थिए।

विद्यालय जीवनमै ‘शुभप्रभात असल शासन रेडियो श्रोता क्लब’को अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले समाज सेवाको औपचारिक अध्याय सुरु गरेका थिए। नागरिक सुनुवाइ, सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रममार्फत आम नागरिकका दुःख–गुनासो जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसम्म पुर्‍याउँदै न्यायका लागि आवाज उठाउने कार्यमा उनी निरन्तर सक्रिय रहेका थिए ।

पत्रकारिता क्षेत्रमा समेत सक्रिय गेलाल ‘स्थानीय सुशासन’ पत्रिकाको सम्पादक, ‘किशोरा आवाज’ बुलेटिनको प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन्। त्यस्तै, जिल्ला विकास समिति सुनसरीबाट प्रकाशित ‘विकास बुलेटिन सुनसरी’को लेखन, डिजाइन तथा सम्पादनको जिम्मेवारी समेत उनले निर्वाह गरेका थिए। यस अवधिमा उनी सुनसरी जिल्ला पत्रकार महासंघका सदस्यका रूपमा पनि आबद्ध थिए ।

समाज सेवाको क्रममा उनले नवलपरासी जिल्लाको शिवमन्दिर गाबिसस्थित माध्यमिक विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा सेवा दिएका छन्। साथै, सामुदायिक स्वास्थ्य जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रममा सक्रिय भूमिका खेलेका उनी स्थानीयस्तरमा परिवर्तनको संवाहकका रूपमा परिचित छन्।

शिक्षा र तालिमको क्षेत्रमा समेत उनले उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनले कम्प्युटर डिप्लोमा तालिम, पीआरए, रिपोर्ट कार्ड तालिम, मास्टर्स ट्रेनिङ अफ ट्रेनर्स, संविधान सभा सम्बन्धी प्रशिक्षक प्रशिक्षण, सकारात्मक सोच, क्यालिटेटिभ तथा क्वान्टिटेटिभ अनुसन्धान तालिमलगायत दर्जनौँ तालिमहरू लिइसकेका छन्। यति मात्र होइन, उनी स्वयं प्रशिक्षकका रूपमा दर्जनौँ तालिमहरू सञ्चालन गरिसकेका एक सक्षम र ऊर्जाशील युवा हुन्।

उच्च शिक्षातर्फ, उनले सुनसरी बहुमुखी क्याम्पसबाट क्याम्पस अध्ययनको सुरुवात गरेका थिए भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत किर्तिपुर क्याम्पसबाट स्वास्थ्य शिक्षा विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

प्रध्यापन पेशामा समेत आठ वर्षभन्दा बढी समय समर्पित गरेका गेलालले उदयपुरको जनता बेलका उमाविबाट आफ्नो शिक्षण करिअर सुरु गरेका थिए। त्यसपछि मोदर मेमोरियल कलेज, सुनसरी बहुमुखी क्याम्पस, भदगाउँ बहुमुखी क्याम्पसलगायत विभिन्न क्याम्पसमा प्राध्यापकका रूपमा सेवा प्रदान गरेका छन्।

शैक्षिक प्रशासनिक अनुभवका रूपमा उनले +२ परीक्षामा पहिलो पटक आफूले औपचारिक शिक्षा लिएको विद्यालय श्री थान पोखरी उमाविमा परीक्षा निरीक्षकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। त्यसपछि जनता बहुमुखी क्याम्पस, भदगाउँ सिनुवारी उमावि लगायतका संस्थाहरूमा पाँच पटकसम्म परीक्षा निरीक्षकका रूपमा कार्यभार सम्हाल्दै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको सुशासन, पारदर्शिता र जवाफदेहिताको एजेन्डालाई आत्मसात गर्दै उम्मेदवार गेलालले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। युवाको क्षमता, अनुभव र निष्ठाको सही सदुपयोग गर्दै उदयपुरको समग्र विकासमा योगदान पुर्‍याउने उनको प्रतिबद्धता छ।

उदयपुर क्षेत्र नं.–१ का स्थानीय बासिन्दाहरूका अनुसार यस क्षेत्रको भौगोलिक बनोट विकट छ। पहाडी तथा दुर्गम बस्तीहरू अझै पनि आधारभूत सुविधाबाट वञ्चित छन्। स्थानीय किसान रामकुमार मगर भन्छन्, “हामी अझै कच्ची सडकमा निर्भर छौं। बर्खामा गाउँबाट सदरमुकाम आउन घण्टौं लाग्छ, एम्बुलेन्ससम्म आउन सक्दैन।”

क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर पर्याप्त नहुँदा युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य छन्। कटारी आसपासका युवा लक्ष्मण थापा भन्छन्, “यहाँ पढेलेखेका युवालाई काम छैन। उद्योग छैन, सीप अनुसार रोजगारी छैन। त्यसैले विदेश जानु बाध्यता बनेको छ।”
पारश मणि गेलाल (आनन्द) को उम्मेदवारीलाई जनताले फरक विकल्पका रूपमा लिएका छन्। शिक्षा क्षेत्रमा आठ वर्षभन्दा बढी प्रध्यापन अनुभव, स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर, पत्रकारिता र समाजसेवामा सक्रियता रहेको उम्मेदवारले विकासलाई नीति, योजना र इमानदारीसँग जोड्ने विश्वास स्थानीयले गरेका छन्।

गेलालले शिक्षा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा, कृषि र पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र भ्रष्टाचारमुक्त शासनलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्। उनले “विकास कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ” भन्ने मान्यताका साथ अघि बढ्ने बताएका छन्।
उदयपुर क्षेत्र नं.–१ का जनताहरू भन्छन्, यदि इमानदार, शिक्षित र अनुभवी प्रतिनिधि संसदमा पुगेमा मात्रै यस क्षेत्रको वास्तविक विकास सम्भव छ। “हामी अब भाषण होइन, काम गर्ने मान्छे खोजिरहेका छौं,” स्थानीय वृद्ध हरिनारायण यादव भन्छन्, “पारशजस्ता पढेलेखेका, समाज बुझ्ने युवाले मौका पाउनुपर्छ।”

Tags: उदयपुरपारश मणि गेलालराष्ट्रिय स्वतन्त्र पार्टी
Previous Post

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

Next Post

रवि र बालेनबिच ७ बुँदे सहमति

Next Post
रवि र बालेनबिच ७ बुँदे सहमति

रवि र बालेनबिच ७ बुँदे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist