इनरुवा। सुनसरीको इनरुवा नगरपालिका वडा नं. ९ बबिया स्थित रहेको श्री सरस्वती माध्यमिक विद्यालय परिसरमा रहेको माता सरस्वतीको मन्दिर जिर्ण अवस्थामा पुगेपछि नयाँ मन्दिर निर्माण कार्य सुरु गरिएको छ
इनरुवा नगरपालिका वडा नं. ९ को कार्यालयबाट विनियोजन गरिएको रु ५ लाख बजेटबाट निर्माण हुन लागेको मन्दिरको शुक्रबार वडा अध्यक्ष बसिरमुद्दिन मन्सुरीले शिलान्यास गरेका हुन्।
लामाे समयदेखि जिर्ण अवस्थामा रहेको मन्दिर पुनःनिर्माण भएपछि विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय भक्तजनलाई पूजा–आराधना गर्न सहज हुने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
वडा कार्यालयका अनुसार मन्दिर निर्माण कार्य छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।



