ADVERTISEMENT
Sunday, November 30, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

युक्रेनको स्वाधीनता सङ्घर्ष

युक्रेनी राष्ट्रिय दिवस

गणेश कुमार यादव by गणेश कुमार यादव
August 24, 2023
in लेख/बिचार
0
युक्रेनको स्वाधीनता सङ्घर्ष
49
SHARES
Share on FacebookShare on Twitter

डा.श्याम उपाध्याय 

काठमाडौँ । ‘मरेको छैन युक्रेन अझै, नगुमेको उसको गौरव र कीर्ति (श्यो नेभ् मेर्ला उक्राइनी, इ स्लाभा, इ भोल्या !)’– यस्ता शब्दहरूबाट युक्रेनको राष्ट्रिय गान सुरु हुन्छ। विश्वमा शायदै अर्को यस्तो मुलुक होला जसको राष्ट्रिय गानले देशको स्वाधीनताको महिमा भन्दा त्यसप्रति चिन्ता र सन्देह जाहेर गरेर आफ्ना नागरिकहरूलाई भाग्य र भरोसामा बाँधिन आह्वान गर्दछ। युक्रेनी कवि पाभ्लो चुभिन्स्कीद्वारा सन् १८६२ मा रचित कवितामा आधारित यस राष्ट्रिय गानका अन्य शब्दहरू पनि स्वतन्त्रता संघर्षका भावनाले ओतप्रोत छन्। यो कविता प्रकाशित हुनासाथ रूसको जारशाही शासनले चुबिन्स्कीलाई किभबाट निकाला गरेर उत्तरी रुसको अर्खानगेल्स्क क्षेत्रमा निर्वासनमा पठाएको थियो। यस्तो दमनका बाबजुद पनि चुबिन्स्कीका युवाकालका मित्र संगीतकार तथा अर्थोडक्स इसाई पादरी मिखाइल भेरबित्स्कीले त्यस कवितामा संगीत भरे र युक्रेनीहरूको जनजिब्रोमा घुस्ने गरी लोकप्रिय गीत बनाए। रुसी जारशाही शासनकालभरि यो गीत गाउनमा प्रतिबन्ध थियो। सन् १९१७ मा जारशाही ढल्यो र बोल्सेभिक क्रान्ति सम्पन्न भयो। युक्रेनीहरूले यसलाई आफ्नो राष्ट्रिय गानका रूपमा गाउन थाले।  

किभमाथि नियन्त्रण नजमाउँदासम्म रुस आफूलाई ‘मणि हराएको सर्प’ ठान्छ र डस्न उद्यत् देखिन्छ।

राष्ट्रिय गान जस्तै युक्रेनको राष्ट्रिय दिवसको पनि आफ्नै कथा छ। सन् १९१७ मा बोल्सेभिक क्रान्ति सम्पन्न भएलगत्तै उसबेला रुसी साम्राज्यअन्तर्गत रहेका किभ, खार्कोभ, चेर्निगोभ, खेर्सोनलगायतका आठ युक्रेनी प्रशासनिक एकाइ जोडेर जनवादी गणतन्त्र युक्रेन गठन भएको थियो र सो गणतन्त्रले

२२ जनवरी १९१८ मा रुसी साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। भ्लादिमिर लेनिनको अग्रसरतामा सोभियत संघ गठन हुने भएपछि उक्त गणतन्त्रको भूभागमा केही क्षेत्र थपेर नयाँ सिमाना निर्धारित भयो र युक्रेन सोभियत समाजवादी गणतन्त्र निर्माण भयो। देशभित्रका अधिकांश युक्रेनीले यस कदमको समर्थन गरे पनि निर्वासनमा रहेका कतिपय राष्ट्रवादीले सोभियत संघमा युक्रेनको सहभागिताको विरोध गरेका थिए। उनीहरू २२ जनवरीलाई नै युक्रेनी स्वतन्त्रता दिवसका रूपमा मनाउँथे। त्यसबेला सोभियत संघभरि नै अक्टोबर क्रान्तिको वर्षगाँठलाई राष्ट्रिय दिवसको रूपमा ७ नोभेम्वरका दिन मनाइन्थ्यो। सोभियत संघको औपचारिक विघटन हुनु भन्दा एक वर्षअघि नै युक्रेनी संसद् सर्वोच्च रादाले १६ जुलाइ १९९० मा संघीय सत्ताको नियन्त्रणलाई निषेध गरेर युक्रेनको सार्वभौमिकता लागु भएको घोषणा गर्यो र यसै दिनलाई राष्ट्रिय दिवस मनाउने निर्णय भयो।

यसरी आफ्नो देशको राष्ट्रिय दिवस मनाउन र राष्ट्रिय गान गाउन पाउने अधिकारका लागि पनि झण्डै डेढ शताब्दीको कठोर र अनवरत संघर्ष गर्नुपरेको मुलुक युक्रेन र त्यहाँका जनताको स्वाधीनता संघर्षको इतिहास कस्तो होला ? नेपालमा र युरोप बाहिरका अन्य देशमा पनि युक्रेनको इतिहासबारे धेरै कम ज्ञान छ। जसले ज्ञान भएको दाबी गर्दछन् उनीहरू पनि इतिहासको सरलीकृत विवरण र खासगरी रुसी प्रकाशन र उसैका आवरणसहितको विश्लेषणबाट प्रभावित छन्। झण्डै तीनसय पाँच वर्षपहिला रुसी साम्राज्यमा गाभिएको र गतः शताब्दीको सात दशक सोभियत संघअन्तर्गत रहेको युक्रेनको भाषा, साहित्य, कला, संस्कृति र विज्ञानमा रुसको छायाँ र प्रभाव देखिनु स्वाभाविक हो। वास्तवमा युक्रेन लामो इतिहास, पृथक जातीय पहिचान, संस्कृति र भाषा भएको मुलुक हो। यो देश संयुक्त राष्ट्र संघका ५१ संस्थापक राष्ट्रमध्येको एक हो जसलाई सोभियत संघअन्तर्गत रहेर पनि राष्ट्र संघको सन् १९४५ देखि नै अलग्गै सदस्यता प्राप्त थियो।

युक्रेनविरुद्ध युद्ध छेड्नासाथ पुटिनका सेनाले किभमाथि धावा बोलेका थिए। किनभने किभ फगत राजधानी होइन, यो सहर समस्त स्लाभ जातिको आस्थाको केन्द्र हो।

पूर्वसोभियत संघ बाहिरका धेरै पाठकलाई अल्मल्याउने अर्को ऐतिहासिक तथ्य के हो भने रुस र युक्रेन दुवैले आआफ्नो उद्गमस्थल वर्तमान युक्रेनी राजधानी किभलाई नै मान्छन् जसको स्थापना रुसी र युक्रेनी राज्य भन्दा धेरैअघि भएको थियो। हालको रुसी र युक्रेनी राज्य क्रमशः सोह्रौँ र सत्रौँ शताब्दीमा देखा परेका हुन भने किभको स्थापना पाँचौँ शताब्दीमा नै भइसकेको थियो। किभलाई आधार मानेर ओलेग नामका राजकुमारले नवौँ शताब्दीमा किभन रूस राज्य स्थापना गरेका थिए। यो राज्य फैलिँदै गएर दशौँ शताब्दीमा राजा यारोस्लाभ ज्ञानीको पालामा आइपुग्दा हालका रूसी शहरहरू नोभगोरद र रोस्तोभसम्म पुगेको थियो। तर एघारौँ शताब्दीमा आएर किभन रुसको प्रभाव निकै कम भयो र तेह्रौँ शताब्दीतिर भएको मंगोल आक्रमणपछि किभन रुस राज्यको विखण्डन नै भयो। राज्यशक्ति र सैन्य प्रभाव गुमे पनि किभको सांस्कृतिक प्रभाव भने कायमै रह्यो। पूर्वीय स्लाभहरूको सर्वाधिक पवित्र मठ पेछेर्स्काया लाभ्रा (गुफाभित्रको मठ) किभमा नै भएकोले यस शहरलाई सबै अर्थोडक्स इसाई धर्मावलम्बीहरू आफ्नो प्रमुख तीर्थस्थल मान्छन्। रुस र बेलारुसमा किभलाई मातृशहर अर्थात ‘सबै शहरकी आमा’ भन्ने चलन छ। त्यसबाहेक ’जुन बाटो गए पनि पुगिने किभ नै हो’, ’सोध्दै गए किभसम्म पुगिन्छ’ जस्ता उक्ति रुस र बेलारुसमा आज पनि

लोकप्रिय छन्।

किभको ऐतिहासिक र सांस्कृतिक सम्पदा युक्रेनका लागि जति वरदान हो उति नै अभिशाप पनि हुन पुगेको छ। सैन्य शक्तिले जति नै बलियो भए पनि आफ्नो ऐतिहासिक र सांस्कृतिक पहिचानका लागि रुस किभको सहारा लिन बाध्य छ। किभ जस्तो ऐतिहासिक सहर राजधानी हुनु युक्रेनका लागि जति गौरवको विषय छ, त्यसकै कारण पुटिन सत्ताको अतिक्रमणमा परिरहनु पनि समग्र युक्रेनका लागि दुर्भाग्यपूर्ण छ। गत वर्ष २४ फेब्रअरीका दिन युक्रेनविरूद्ध युद्ध छेड्नासाथ पुटिनका सेनाले किभमाथि धावा बोलेका थिए। किनभने किभ फगत एक राजधानी होइन यो सहर समस्त स्लाभ जातिको आस्थाको केन्द्र हो। यसमाथि नियन्त्रण नजमाउँदासम्म रुस आफूलाई ‘मणि हराएको सर्प’ ठान्छ र सबैलाई डस्न उद्यत देखिन्छ। किभमाथि बम वर्षा गरेर उसले आफ्नो स्वामित्वमा नहुने भए युक्रेनको मात्र होइन, आफ्नै देशको इतिहास र संस्कृतिको उद्गमस्थल पनि नामेट पार्न तयार रहेको पुष्टि गर्यो।

वर्तमानमा युक्रेनको स्वाधीनताको सबै भन्दा ठूलो चुनौती के हो भने रुसी शासकहरूलाई युक्रेन एक स्वाधीन र लोकतान्त्रिक राष्ट्रको हैसियतमा युरोपेली र विश्व रंगमंचमा उभिएको र अन्तर्राष्ट्रिय कानुनको नजरमा रुससँग समान हैसियतको मुलुक भएको पचेको छैन। त्यसैले ऊ पटक–पटक रुसी अतिक्रमणको निशाना भइरहेको छ। ‘युक्रेन रुस होइन’ नामक पुस्तकमा युक्रेनका पूर्व राष्ट्रपति लेख्छन्– ‘रुसका उच्चपदस्थ अधिकारीहरू जसमध्ये कतिपय शिक्षित र इतिहासको राम्रो ज्ञान भएका व्यक्ति जस्ता देखिन्छन्, तापनि के ठान्छन् भने मानिलिउँ युक्रेन विगतमा रुसको भाग थियो र कुनै गलतफहमी या अद्भूत कारणले बाटो हराएको बालक जसरी ऊ कतै छुट्यो। चाँडै नै ऊ घुमेर थाक्नेछ, खुट्टा बजार्दै आफ्नी आमाको काखमा फर्कनेछ र यो अध्याय टुंगिएकोमा खुसी हुनेछ।’तर युक्रेन न कहिल्यै रुसको भाग नै थियो न स्वाधीनता प्राप्त गरेपछि ऊ ‘रुसको काख’ मा फर्कन नै चाह्यो।

युक्रेनमाथि ‘रुसको नियन्त्रण’ कसरी गुम्यो भन्ने प्रश्नको इमानदार उत्तर पुटिनसँग छैन। उनका समर्थकहरू यसको दोष पश्चिमी जगत्लाई दिन हतार गर्छन् तर वास्तविकता बिलकुल भिन्न छ। किनभने सो नियन्त्रण उनैको २४ वर्षे शासनकालमा गुमेको हो। सन् २००० मा पुटिनले सत्ता सम्हाल्दा युक्रेन एक असंलग्न राष्ट्र थियो। पूर्वसोभियत गणतन्त्रहरू ‘स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल’ नामक एक राजनीतिक, आर्थिक र सैन्य विषयसमेतमा समन्वय गर्ने उद्देश्यले स्थापना गरिएको संगठनमा आबद्ध थिए। उनीहरूले युरोकै शैलीमा एकल मुद्रा प्रणाली स्थापना गर्ने र खुला बजारको विकास गर्ने लक्ष्य पनि राखेका थिए। यदाकदा नाटो या युरोपेली संघको विषयमा मत सर्वेक्षण हुँदा ७५ प्रतिशत जनता विरोधमा रहेको तथ्यांक प्रकाशित हुन्थ्यो।

मे ९ मा विजय दिवसको परेड हुँदा मस्कोको लाल मैदानमा युक्रेनलगायत १२ पूर्वसोभियत गणतन्त्रका सिपाहीहरू मार्च पास गर्थे। तर अहिले यी सबै कुरा दन्त्यकथा जस्ता भएका छन्। पुटिन सत्तामा आएपछि उनी पूर्वसोभियत गणतन्त्रमध्ये कुनै पनि देशसँग समान हैसियतमा व्यवहार गर्न चाहँदैनथे, सबैलाई ‘नियन्त्रण’ मा राख्न चाहन्थे। कतिपय पूर्वसोभियत गणराज्यबीच सीमा विवाद थियो, ती विवादलाई मिलाउनुको सट्टा उनले जर्जिया र मोल्दोभाको भूभाग कब्जा गरेर सन् २०१४ मा युक्रेनको क्राइमिया प्रायद्वीप, दनेच्क र लुगान्सका भागहरू पनि कब्जा गरे। पूर्व सोभियत गणतन्त्रहरू रुसको व्यवहारबाट त्रसित भए। पहिला जर्जिया र पछि युक्रेनले राष्ट्रमण्डल छोडे र तुर्कमेनिस्तान पर्यवेक्षकको रूपमा मात्र रहने भयो। युक्रेनमाथि भएको आक्रमणको विषयमा राष्ट्रसंघ महासभामा मतदान हुँदा १५ पूर्वसोभियत गणतन्त्रमध्ये बेलारुसबाहेक अरू कसैले पनि रूसको पक्षमा मतदान गरेनन्। यसबाट पनि रुसको ज्यादती प्रष्टिन्छ।

राष्ट्रिय दिवसको उपलक्ष्यमा सबै युक्रेनी  जनतालाई शुभकामना !

श्रोत : नयाँ दैनिक

Previous Post

तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

Next Post

तीर्थयात्री चढेको बस दुर्घटना अपडेट : १ नेपाली सहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

Next Post
तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

तीर्थयात्री चढेको बस दुर्घटना अपडेट : १ नेपाली सहित मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2800 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2225 shares
    Share 890 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist