ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धारिलो हतियार प्रहार गरी हत्या

गणेश कुमार यादव by गणेश कुमार यादव
August 17, 2023
in मुख्य समाचार
0
धारिलो हतियार प्रहार गरी हत्या
47
SHARES
Share on FacebookShare on Twitter

झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् । आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।

प्रहरीले किसानको हत्या भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । परीक्षणका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि आज तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो ।

स्थानीय वडाध्यक्ष गिरिराज धमलाले बुधबार साँझदेखि हराइरहेका किसानको हत्या भएको प्रष्ट सङ्केत देखिएको बताउनुभयो । “शवको घाँटी र टाउकामा धारिलो हतियार प्रयोग भएको चोट प्रष्ट देखिएको छ”, वडाध्यक्ष धमलाले भन्नुभयो, “हिजो फुटबल खेल हेर्न जान्छु भनेर घरबाट निस्कनुभएको रहेछ । कसैले हत्या गरेर खेतको पैनीमा शव फालेको अवस्थामा उहाँलाई आज बिहान मात्र भेटियो ।”

हत्याको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापा जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा अनुसन्धान सुरु गरेको छ । स्थानीय मेची विद्योदय आधारभूत विद्यालयको मैदानमा फुटबल खेल हेरेर उनी मेचे गाउँ पुगेकोसम्म जानकारी गाउँलेले दिएका छन् । त्यसपछि कसले र कसरी हत्या ग¥यो भन्ने केही खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार हिजोदेखि हराइरहेका किसानलाई खोज्ने क्रममा आज बिहान सडकमा चप्पल र रगतको टाटा फेला परेको थियो । त्यसैलाई आधार मानेर पछ्याउँदै जाँदा खेतको पैनीमा झाडीले छोपछाप पारेको अवस्थामा शव फेला परेको थियो ।

वडाध्यक्ष धमलाले गाउँमा मजदुरी गरेर जीवनयापन गर्दै आएका किसान अत्यन्तै सरल, सोझो र इमान्दार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ जस्तो सिधा मान्छेलाई कसले कुन उद्देश्यले मार्यो, अचम्म लागिरहेको छ । प्रहरीले हत्यारा चाँडै पत्ता लगाओस् भन्ने सबैको माग छ ।”

Previous Post

हिमाञ्चल प्रदेशमा विपद्जन्य घटनामा परी ५५ जनाको मृत्यु, सयौँ बेपत्ता

Next Post

सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त

Next Post
सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त

सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist