ADVERTISEMENT
Sunday, February 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

निर्वाचन प्रहरीमाथि कुटपिट आरोप

डीएसपी भन्छन्- अनुशासनमा राख्न खोजिएको मात्रै हो

गणेश कुमार यादव by गणेश कुमार यादव
February 14, 2026
in मुख्य समाचार
0
निर्वाचन प्रहरीमाथि कुटपिट आरोप
34
SHARES
Share on FacebookShare on Twitter

 फागुन २ ,रोल्पा । रोल्पामा नेपाल प्रहरीले निर्वाचन प्रहरीमाथि कुटपिट गरेको घटना बाहिरिएको छ । माघ २६ मा सोमबार प्रहरी कर्मचारीहरूले १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट गरेको विषयले अहिले जिल्लामा तरंग सिर्जना गरेको हो ।

कुटपिट भएकामध्ये केहीलाई गम्भीर चोटपटक लागेको पनि खुलेको छ । १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको स्रोतले बतायो । उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले गुपचुपमै राख्न खोजे पनि अहिले बाहिरिएको हो ।अस्पतालस्रोतका अनुसार उनीहरू उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । उपचारमा आएका कुटिएका निर्वाचन प्रहरीमध्ये धेरैजसोको ढाडमा र तीघ्रामा नीलडाम रहेको अस्पतालस्रोतले जनाएको छ ।

अपमानित महसुस गर्दा कुटपिट

प्रत्यक्षदर्शीका अनुसार त्यो दिन बेलुका ६ बजेतिर रोल्पा नगरपालिका-४ लिबाङको सात तलेमा रहेको शहीद प्रतिष्ठानको भवनमा खाना खाएर बस्ने व्यवस्था गरिएको कभर्ड हलतिर निर्वाचन प्रहरी फर्किएका थिए ।

नेपाल प्रहरीका दुई जना जवान मोटरसाइकलमा फर्किएका थिए । उनीहरूले निर्वाचन प्रहरीको व्यवहारले अपमानित महसुस गरेर मेस सञ्चालन भएको ठाउँमै फर्किन लगाएको स्रोत बताउँछ ।

त्यहाँ पुगेपछि ‘हाँस्ने को–को हो ?’ भन्दै निर्वाचन प्रहरीमाथि लाठीले कुटपिट भएको बताइएको छ । कुटिनेमा निर्वाचन प्रहरीको ४ नम्बर टोलीका १०४ जना रहेको स्रोतले बतायो ।

त्यसरी कुटपिट भएपछि तत्कालै केही निर्वाचन प्रहरीले प्रतिवादसमेत गरेका थिए । जसमा जिल्ला प्रहरीका अधिकारीले कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्ने आश्वासन दिएपछि विषय गुपचुप भएको थियो ।

उक्त आश्वासन कार्यान्वयन नभएको आशंका देखिएपछि निर्वाचन प्रहरीहरूले नै घटना चुहाएका हुन् ।

अहिले जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)  वीरेन्द्रवीर विश्वकर्माले पनि घटना भएको स्वीकार गरेका छन् । ‘खाना खाएर फर्कने क्रममा बाटोमा अपशब्द प्रयोग गरेपछि निर्वाचन प्रहरीलाई अनुशासनमा बस्नुस् भनेर प्रशिक्षकहरूले अलि कडाइ गरिएको हो,’ उनले भने, ‘एक-दुई लाठी प्रयोग गर्दा केही गुनासो आएका होलान् ।’ उनले यो विषय धेरै ठुलो नभएको दाबी गरे । कुटपिटमा संलग्न प्रहरी जवानलाई विभागीय कारबाही गरिसकेको पनि डीएसपी विश्वकर्माले बताए ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पनि घटना स्वीकार गर्दै सुरक्षामा खटिने प्रहरी कर्मचारीले अनुशासनमा बस्नुपर्नेमा सतर्क गराएको आफूले जानकारी पाएको बताए ।

‘निर्वाचन प्रहरी निर्वाचन सुरक्षाका लागि भर्ना गरिएको हो । उसले पनि अनुशासनमा बस्नुपर्छ । संस्थाको नियम मान्नुपर्छ,’ उनले भने, ‘त्यसैले अनुशासनमा रहन सचेत गराइएको हो, भन्ने मैले सुनेको छु ।’

अहिले सामाजिक सञ्चालनमा यो घटनालाई कतिपयले मानव अधिकार उलंघनको घटनाका रूपमा पनि अर्थ्याइरहेका छन् ।

Previous Post

राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु: गगन थापा

Next Post

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Next Post
पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist