ADVERTISEMENT
Sunday, February 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
February 14, 2026
in मुख्य समाचार, स्थानीय समाचार
0
पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
34
SHARES
Share on FacebookShare on Twitter

फागुन २ गते, सुनसरी । केही राउण्ड गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाइ सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी हवल्दार मनबहादुर न्यौपानेको नेतृत्वको टोलीले सीमाक्षेत्रस्थित अस्थायी चेकपोष्टबाट बिआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतको अररिया जिल्ला, बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवानलाई नियन्त्रणमा लिइएको हो ।

ति भारतीय नागरिकको साथबाट पेस्तोल, गोली तथा लागुऔषध ब्राउन सुगरसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १ बहार बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले जानकारी दिनुभयो । चेकजाँचका क्रममा पासवानको शरीरमा लुकाइ राखिएको इटालियन ९ एमएम अटोमेटिक पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने २ राउण्ड गोली र करिब १०० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको बताइएको छ । त्यस्तै, उहाँको साथबाट केही नेपाली र भारतीय रुपियाँसमेत बरामद गरिएको छ ।

पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाइएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै गर्दा सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र नियमित गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाइएकै क्रममा हतियारसहितका भारतीय नागरिकलाइ पक्राउ गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।

Previous Post

निर्वाचन प्रहरीमाथि कुटपिट आरोप

Next Post

नवयुग एकेडेमीले मनायाे अभिभावक दिवस, विज्ञान प्रदर्शनीदेखि प्राथमिक उपचार केन्द्रसम्म नयाँ पहल

Next Post
नवयुग एकेडेमीले मनायाे अभिभावक दिवस, विज्ञान प्रदर्शनीदेखि प्राथमिक उपचार केन्द्रसम्म नयाँ पहल

नवयुग एकेडेमीले मनायाे अभिभावक दिवस, विज्ञान प्रदर्शनीदेखि प्राथमिक उपचार केन्द्रसम्म नयाँ पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist