काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका वरिष्ठ नेता बालेन्द्र शाह भारी मतान्तरसहित विजयी हुनुभएकाे छ ।
झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका वरिष्ठ नेता शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्नुभएकाे हाे । ओलीलाई उहाँले ४९ हजार ६ सय १४ मतले पराजित गर्नुभएकाे हाे । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित हुनुभयाे।



