गनेश कुमार यादव
फागुन २४ गते,उदयपुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारश मणि गेलाल विजयी भएका छन्।
निर्वाचन परिणामअनुसार गेलालले ३० हजार ५९० मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेश कुमार राई ले ११ हजार ६०६ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका बल देव चौधरी ले १० हजार २१ मत प्राप्त गरेका छन्।
यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार विदुर वस्नेत ले ९ हजार ६७५ मत प्राप्त गरेका छन्।
अन्य प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका उम्मेदवार गेलाल उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।



