ADVERTISEMENT
Wednesday, March 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक

गणेश कुमार यादव by गणेश कुमार यादव
March 13, 2026
in मुख्य समाचार
0
पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्ने मध्येका युवराज पाठक
35
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पत्रकार अर्जुन आचार्यमाथि भएको साङ्घातिक आक्रमणको १५ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।
किटानी जाहेरी दर्ता भएको दुई साता नाघिसक्दा समेत आरोपीहरू खुलामुलै हिँडिरहनुले सुरक्षा निकायको कार्यक्षमता र नियतमाथि प्रश्न उठेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ को समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण गरेका थिए । घटनाको भोलिपल्टै आचार्यले कमल–६ का युवराज पाठकसहित ५ जनाविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ‘अभद्र व्यवहार’ को मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए ।

घटना भएको एक सातासम्म पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि नेपाल पत्रकार महासंघ कोशी प्रदेशको नेतृत्वमा गएको टोलीले फागुन १९ गते कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएको थियो । भेटका क्रममा डिआइजी घिमिरेले तत्काल दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन झापा प्रहरीलाई निर्देशन दिएका थिए ।

डिआइजीको निर्देशनपछि पनि ११ दिन बितिसकेको छ, तर झापा प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन । झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीहरूको खोजी भइरहेको बताइन् । “हामीले खोजी कार्यलाई तीव्रता दिएका छौँ, सबै कोणबाट अनुसन्धान भइरहेको छ,’’ उनले भनिन् ।

यसरी भएको थियो आक्रमण
एमालेको घरदैलो अभियानका क्रममा केही महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा मतदान गर्ने बताएका थिए । सोही दृश्यको भिडियो खिचिरहेका आचार्यमाथि फोर्सका सदस्यहरूले मुक्का र बुट प्रहार गरेको पीडित पत्रकारले बताएका छन् । जाहेरीमा उल्लेख भए अनुसार आचार्यलाई अपहरण गर्ने उद्देश्यले बा २ च ९६१ नम्बरको सेतो स्कोर्पियोमा जबर्जस्ती चढाउन खोजिएको थियो भने दमक पुगेर ‘थप देखाइदिने’ धम्की समेत दिइएको थियो ।
आक्रमणकारीले आचार्यको मोबाइल र चस्मा समेत लुटेका छन् । आचार्यले आफ्नो लुटिएको सामान फिर्ता, शारीरिक तथा मानसिक क्षतिको क्षतिपूर्ति र उपचार खर्च भराउन समेत माग गरेका छन् । आचार्य रातोपाटी डटकमको कोशी प्रदेश प्रमुख र विराटनगरबाट प्रकाशित हुने हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन् ।
प्रेस स्वतन्त्रतामाथि नै गम्भीर प्रहार भएको यस घटनाका आरोपी राजनीतिक आवरणमा पक्राउ नपर्नुले दण्डहीनतालाई प्रश्रय मिलेको भन्दै पत्रकार सम्बद्ध संघसंस्थाहरूले ध्यानकर्षण पनि गराएका छन् । त्यसैगरी बिहीबार एमाले नेताहरूसँगको छलफलका क्रममा पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूलाई दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनका लागि आग्रह गरेका छन् ।

Previous Post

जनक स्मृति माविका विद्यार्थीहरुको जिल्ला प्रहरी कार्यालयमा अवलोकन भ्रमण

Next Post

बबियामा सरस्वती मन्दिरकाे शिलान्यास

Next Post
बबियामा सरस्वती मन्दिरकाे शिलान्यास

बबियामा सरस्वती मन्दिरकाे शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1387 shares
    Share 555 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist