“गच्छदार” थारु समुदायको ब्राण्ड
बि.सं. २०४८ साल देखि नेपालमा एक ब्राण्ड टाइटल हो – “गच्छदार” ।
“गच्छदार” भन्ने बित्तिकै सिङ्गो आदिवासी जनजाति थारु समाजलाई प्रतिनिधित्व गर्दछ । “गच्छदार” ले थारु समाजलाई पहिचान दिएको छ । जसरी नेपालमा कोइराला एक ब्राण्ड टाइटल हो, त्यसैगरी “गच्छदार” हाम्रो ब्राण्ड हो । जसरी गान्धी , नेहरु भारतको ब्राण्ड टाइटल हो; मण्डेला, लिङ्कन, ओबामा ब्राण्ड टाइटल हो; त्यसैगरी “गच्छदार” नेपालमा ब्राण्ड टाइटल हो जसले थारुहरुको पहिचान झल्काएको छ ।
यसले थारु समाजमा एकताको भावना जागृत भएको छ । हामीलाई थाहा छ बिना एकता समाज बन्दैन र बिना समाज कुनै क्रान्ति (Revolution) हुँदैन । क्रान्ति भनेको मानव समाजको भौतिक, मानसिक र आध्यात्मिक परिवर्तन हो ; समृद्धि , ऋद्धि र सिद्धि हो । मानवको त्रिस्तरीय प्रगति नै क्रान्ति हो ।
“मानव समाज एक अविभाज्य र अखण्ड सत्ता हो, हामी सम्पूर्ण विश्वका मानवहरु यस विश्व परिवारका सदस्य हौं ” जब सम्म यो सामाजिक भावना जागृत हुदैन; तब सम्म मानव मानव बीच एकताको भावना हुँदैन।
त्यसैले “गच्छदार” थारु समुदायको ब्राण्ड हो र बि.सं. २०४८ साल देखि नेपालमा एक ब्राण्ड टाइटल हो – “गच्छदार” ।
यही हाम्रो गौरव हो ; प्रेरणा हो ।
बिजय कुमार गच्छदार नै हाम्रो गौरवशाली लोकप्रिय नेता हो ।