ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in कला
0
बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं
37
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म ‘लालसिंह चड्ढा’ र ‘रक्षाबन्धन’ भारतीय बक्स अफिसमा पूर्णतः असफल भएका छन् । ६ दिनमा पनि फिल्मले ५० करोड भारु कमाउन सकेनन् ।

बहिष्कार ट्रेन्डले परेको असर त आफ्नै ठाउँमा छ, तर बलिउड फिल्मको कथावस्तु छनोट र प्रवद्र्धन रणनीतिलाई लिएर प्रश्न उठिरहेको छ । यतिबेला मुम्बई फिल्म उद्योगमा दर्शकलाई हलसम्म कसरी तान्ने भन्नेबारेमा जबर्जस्त बहस सुरु भएको छ ।

बलिउड क्रिटिक्स एवं व्यापार विश्लेषक तरण आदर्श, कोमल नाहटा र अतुल मोहनले यसबारे बहस छेडेका छन् । ठूलो बजेट र ठूला स्टारका फिल्मले पनि किन काम गर्न सकेका छैनन् भन्ने बारेमा उनीहरुले दैनिक भास्करसँग राय राखेका छन् ।

विषयवस्तुमा परिवर्तन ल्याउन उनीहरुको सुझाव छ । रिमेकबाट जोगिएर नयाँ कन्टेन्ट ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । परम्परागत शैलीका कन्टेन्ट र एलजीबीटीआईक्यू विषयवस्तुलाई छाड्नुपर्ने, सहरदेखि टियर-फोरसम्मका दर्शकलाई मनपर्ने मनोरञ्जक फिल्म बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

के ओटीटीको कारण फिल्मले बक्स अफिसमा कमाउन छाडेका हुन् ? ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, ‘यदि फिल्मको कन्टेन्ट राम्रो छ भने त्यो ओटीटी र हल दुवै प्लेटफर्ममा चल्छ । खराब फिल्मलाई दर्शकले न ओटीटीमा हेर्छन्, न हलमा । मेकर्सले राम्रो फिल्म बनाउनुपर्छ ।’

बायोपिक्स र एउटै जनराका फिल्मको निर्माण पनि बन्द गर्नुपर्ने सुझाव उनीहरुको छ । कोमल नाहटा भन्छन्, ‘आमिर खानको फिल्म फरेस्ट गम्पको रिमेक हो । यो फिल्म भारतीय दर्शकको लागि थिएन । रक्षाबन्धनमा गम्भीर दृश्यमा जबर्जस्ती कमेडी मिसाइयो ।’

समीक्षकको सुझाव छ, अब संगीतमा पनि ओरिजिनल गीत ल्याउनु जरुरी छ । कहींकतैबाट प्रभावित र रिमिक्स गीत बलिउडमा चल्नेछैनन् । फिल्मको लोकेसनमा पनि काम गर्नु जरुरी छ । भोपाल, उत्तराखण्ड र बनारसजस्ता लोकेसन धेरैपटक दोहोरियो । नयाँ प्रविधिमा भीएफएक्स देखाउनुपर्छ, जसले फिल्म लार्जर द्यान लाइफ हुनेछ ।

के ओटीटीको कारण फिल्मले बक्स अफिसमा कमाउन छाडेका हुन् ? ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, ‘यदि फिल्मको कन्टेन्ट राम्रो छ भने त्यो ओटीटी र हल दुवै प्लेटफर्ममा चल्छ । खराब फिल्मलाई दर्शकले न ओटीटीमा हेर्छन्, न हलमा । मेकर्सले राम्रो फिल्म बनाउनुपर्छ ।’

फिल्मको एक टिकट बराबर ओटीटी प्लेटफर्ममा सब्सक्रिप्सन मिल्नु, दर्शकलाई ओटीटीको सजिलै पहुँच मिल्नु, ओटीटीको विषयवस्तुमा विविधता मिल्नु, एक देशको फिल्ममा मात्र सीमित नरहनुजस्ता कारणले बलिउड ओटीटीसँग डराउनुपर्ने उनीहरुको सुझाव छ ।

के बहिष्कारले फिल्मको व्यापारमा कस्तो असर पर्छ ? अतुल मोहन भन्छन्, ‘सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड चल्दा यसले हलमा चल्ने फिल्मलाई कुनै असर पर्दैन । यसप्रकारको ट्रेन्ड चलाउनेलाई हामी ट्वीटर आतंकवादी पनि भन्छौं ।’

कोरोना महामारीका कारण दर्शकमा खर्च गर्नसक्ने क्षमता कम भएकाले टिकट मूल्यमा परिवर्तन ल्याउनुपर्ने सुझाव पनि छ । सहरदेखि टियर-४ सम्म टिकटको मूल्यमा बदलाव ल्याउनुपर्ने उनीहरुको सुझाव छ । टिकटसँगै स्न्याक्सको मूल्यमा पनि परिवर्तन ल्याउन उनीहरुको सुझाव छ, किनभने त्यहाँ टिकटभन्दा महंगो स्न्यान्स हुन्छ ।

यसैगरी, प्रचार रणनीतिमा पनि बदलाव ल्याउनुपर्ने उनीहरुको सुझाव छ । कथावस्तु नयाँ छ भने यसबारेमा दर्शकबीच उत्साह सिर्जना गर्नु जरुरी छ । कलाकारलाई मेट्रोभन्दा टियर-३ तहका सहरमा पुग्नु पनि जरुरी छ । प्रमोसनमा लिडसँगै सपोर्टिङ कास्टलाई पनि लैजानु जरुरी छ ।

सन् २००३ मा रिलिज भएको सलमान खान स्टारर ‘तेरे नाम’देखि बलिउडमा रिमेकको युग सुरु भयो । ६०-७० को दशकमा पनि रिमेक फिल्म त बन्थे, तर पछिल्लो समय यो प्रवृत्तिमा बढोत्तरी आएको छ । यस क्रममा दक्षिणका फिल्म पनि हिन्दी भाषामा डब हुन थालेका छन् । यसको कारण बलिउड फिल्म संकटमा छ ।

श्रोत ः अनलाइनखबर

Previous Post

मन्त्रालयले सोध्यो गौतमश्री सहकारीलाई स्पष्टीकरण

Next Post

बरु राष्ट्रपतिले संविधान संशोधन गरौं भनेको भए सम्मान गर्ने थियौं : सांसद कर्ण

Next Post
बरु राष्ट्रपतिले संविधान संशोधन गरौं भनेको भए सम्मान गर्ने थियौं : सांसद कर्ण

बरु राष्ट्रपतिले संविधान संशोधन गरौं भनेको भए सम्मान गर्ने थियौं : सांसद कर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1538 shares
    Share 615 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist