कार्तिक२३गते ,सुनसरी।आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी प्रदेश सभा ३.ख का उम्मेदवार विन्देश्वर यादवको विकल्प नभएको दुहवी नगरपालिका क्षेत्रका स्थानीय बताउँछन् ।सुनसरी–३.ख का उम्मेदवार विन्देश्वर यादव दुहवी नगरपालिका वार्ड न.११ तनमुनामा मंगलवार घरदैलो अभियान अन्र्तगत प्रवेश गर्ने बितिकै मतदाताहरु उत्साहित देखिएका थिए । उनीहरुले उम्मेदवार यादवलाई पूmलमाला लगाएर भब्य स्वागत गरेका थिए । सुनसरी–३.ख को विकास यादवबाट मात्रै सम्भव हुने भएकाले यस निर्वाचनमा पनि मतदाताहरुले यादवलाईनै मतदान गर्ने विश्वास दिलाएका छन् ।