कार्तिक २२ गते,इनरुवा। सुनसरीको इनरुवामा नेपाल राष्ट्र बैंकद्वारा लागुगरिएकाे चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ विरुद्ध विराेध प्रदर्शन गरिएकाे छ ।
साेमबार इनरुवा-१ लाेकतान्त्रीक चाेकमा उद्योग वाणिज्य संघ इनरुवा परिवार तथा इनरुवा क्षेत्र भित्रका व्यापारीहरु जम्माभइ नेपाल राष्ट्र बैंकद्वारा लागुगरिएकाे चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ विरुद्ध विराेध प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र सो मार्गदर्शन को आडमा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा गरेको ब्याजदर वृद्धिकाे विराेधमा उक्त विराेध प्रदर्शन गरेकाे उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिराज अटलले जानकारी दिए ।
उद्योग वाणिज्य संघ इनरुवा परिवार तथा इनरुवा क्षेत्र भित्रका व्यापारीहरु लाेकतनन्त्रीक चाैकबाट विराेध प्रदर्शन गर्दै इनरुवाका बैंक र जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगि बैंकका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई नेपाल राष्ट्र बैंकद्वारा लागुगरिएकाे चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ खारेजीको माग राख्दै ज्ञापनपत्र बुझाएकाे उद्योग वाणिज्य संङ इनरुवाका अध्यक्ष विरेन्द्, शाहले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र सो मार्गदर्शन को आडमा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा गरेको ब्याजदर वृद्धिले उद्योग व्यवसाय सञ्चालन नै गर्न नसकिने भएकोले त्यसको विराेधमा उद्योग वाणिज्य संघ इनरुवा द्वारा बैंक र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष शाहले जानकारी दिए ।
उक्त विराेध प्रदर्शनमा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र शाह,उपाध्यक्ष गिरिराज अटल,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका जिल्ला सदस्य कृष्णप्रसाद मेहता,व्यापारी श्याम मेहता,राेशन गुप्ता लगायतका व्यापारीहरुकाे सहभागी रहेकाे थियाे ।