ADVERTISEMENT
Thursday, April 23, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरीमा युवतीमाथि कुटपिट प्रकरण : यी हुन् प्रहरीले पक्राउ गरेका तीनजना, दुई अझै फरार

गणेश कुमार यादव by गणेश कुमार यादव
July 19, 2023
in स्थानीय समाचार
0
सुनसरीमा युवतीमाथि कुटपिट प्रकरण : यी हुन् प्रहरीले पक्राउ गरेका तीनजना, दुई अझै फरार
95
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित युवतीहरूमाथि कुटपिट गर्ने तीनजनालाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईले युवतीहरूबीच भएको कुटपिटमा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरिएको जानकारी दिए ।

असार २९ गते साँझ ५ बजेतिर भएको घटनामा बराहक्षेत्र १० की १९ वर्षीया प्रीति लिम्बू, बराहक्षेत्र ८ की १९ वर्षीया दुर्गा राई र सोही वडाकी २२ वर्षीया विनिता उराँवलाई पक्राउ गरिएको हो ।

जसमध्ये लिम्बूलाई सोही दिन र राई र उराँवलाई मंगलबार इटहरीबाट पक्राउ गरिएको डीएसपी राईले बताए ।

बराहक्षेत्र ९ बस्ने १९ वर्षीया मनीषा राईसहित तीनजनाले प्रहरीमा उजुरी दिएको र कुटपिट गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल फरार रहेका उनीहरूको खोजी कार्य अगाडि बढाएको थियो ।

अझै दुईजना फरार रहेकाले उनीहरूको पनि खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्ने समूहका १९ वर्षीया सञ्जिता राई र निहाङ राईको खोजी भइरहेको छ ।

उनीहरूको समूहले आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नवीना विश्वकर्मा र १९ वर्षीया मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

पक्राउ परेका तीनैजनामाथि अभद्र व्यवहार मुद्वामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले बताएको छ ।

Previous Post

नगरवासीको निःशुल्क डेङ्गु परीक्षण गर्दै वराहक्षेत्र नगरपालिका

Next Post

आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति

Next Post
आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति

आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1615 shares
    Share 646 Tweet 404
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist