ADVERTISEMENT
Thursday, April 23, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति

लुम्बिनीका कांग्रेस सभापति अमरसिंह पुनको प्रश्न- गठबन्धनविरोधीलाई मन्त्री बनाएर पुरस्कृत गर्ने ?

गणेश कुमार यादव by गणेश कुमार यादव
July 19, 2023
in मुख्य समाचार
0
आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति
38
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा मन्त्री छान्ने विषयमा सत्तागठबन्धन दलबीचको विवाद सतहमा आएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा मन्त्रीका लागि सिफारिस भएका रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ का विषयमा तीव्र असन्तुष्टि जनाएका छन् ।

कांग्रेस प्रदेश सभापति पुनलाई माओवादीबाट विद्रोह गरी लडेका सिजल चुनाव जितेपछि पुन: पार्टीमा फर्किएका छन् । उनै सिजललाई माओवादी संसदीय दलले मन्त्रीका लागि सिफारिस गरेर पठाएपछि सरकारको नेतृत्व गरेको कांग्रेसले विरोध जनाइरहेको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनविरुद्ध बागी उम्मेदवारलाई कारबाही भएको विषयमा प्रसंग उठाउँदै आफ्नो निर्वाचन क्षेत्रमा तत्कालीन गठबन्धन र अहिले पनि कायम रहेको गठबन्धनका विरुद्ध उम्मेदार दिएका व्यक्तिलाई अहिले पुरस्कृत गर्न नसकिने जनाएका छन् ।

‘रोल्पामा मेरो उम्मेदवारीविरुद्ध उम्मेदार भएका व्यक्तिलाई अहिले उही गठबन्धनले कसरी सम्मान दिने, म देशव्यापी गठबन्धनको साझा उम्मेदार बनेको थिएँ, उही गठबन्धनको अहिले प्रदेश र संघमा सरकार छ, अनि त्यही गठबन्धनविरुद्ध लाग्नेलाई कसरी हामीले समर्थन गरेर अगाडि बढ्ने ? यो विषयमा प्रष्ट हुन जरुरी छ, हामीलाई त्यो स्वीकार्य हुँदैन’ पुनले भने ।

उनले थपे, ‘चुनावमा गठबन्धनबिरुद्ध बागी उम्मेदवार दिएर विजयी भएका साथीहरूलाई पार्टीमा प्रवेश गराएर मन्त्री बनाइँदैछ । विशेष त लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा माओवादीका बागी उम्मदेवारलाई पार्टीमा ल्याई मन्त्री बनाउने प्रपन्च गरिँदैछ । गठबन्धनविरूद्ध जाने कसैलाई यो चुनावी गठबन्धनको जगमा निर्मित सरकारले चिन्दैन । गठबन्धनको मर्म र भावना विपरीत हुने कुनै काममा सहमति नगर्न म पार्टी नेतृत्वको ध्यान आकर्षित गराउन चाहन्छु, ’ पुनले भने ।

पुनले पार्टीको विधानविपरीत परिपत्र नै परिपत्र र निर्देशन नै निर्देशनले पार्टीको तल्लो तहका संरचनालाई चलाउन खोजिनुले कांग्रेस नेतृत्वमा रहेको केन्द्रिकृत मानसिकता कतै संघीयताप्रति उद्दार छैन कि भने बुझाई जनता र कार्यक्रतामा पर्न थालेको बताउँदै कांग्रेसलाई जनस्तरमा बलियो एवम लोकप्रिय बनाउने तहगत अधिकार प्रत्यायोजन गर्न ढिलाई गर्न नहुने सुझाव राखेका छन् । यसमा ढिलाई गरिए कांग्रेस र नेतृत्वप्रति गम्भीर अविश्वास खडा गर्ने उनको भनाइ थियो ।

सभापति पुनले संघीय सरकार र स्थानीय सरकारको तुलनामा प्रादेशिक सरकारहरू बलियो र अधिकार सम्पन्न बन्न नसकेको, प्रदेश सरकारले जनतालाई सेवा डेलिभरीमा प्रभावकारी भूमिका देखाउन नसकेको र प्रदेश सरकार संघीय सरकारको छायामा परेर अनिर्णयको बन्दी बनिरहेको, ओली सरकारले आफू शक्तिशाली बन्ने नाममा प्रदेश, विभिन्न निकाय तथा स्थानीय तहका धेरै अधिकार कटौती गरेकाले समस्या भएको, संविधानमा व्यवस्था भए बमोजिमको अधिकार र जिम्मेवारी हस्तान्तरण गर्न केन्द्रीय सरकारले ढिलाई गरेको टिप्पणी गर्दै पार्टीलाई प्रदेश संरचना आवश्यक नभए आजै राजीनामा दिन तयार भएको बताए ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले १५ गते माओवादी, लोसपा र नागरिक उन्मुक्तिबाट एक-एक जना मन्त्री नियुक्त गरेका थिए । जेठ ८ गते थप तीनजनालाई मन्त्री नियुक्त गरेका थिए । सोही दिन सरकालाई पूर्णता दिने मुख्यमन्त्रीले तयारी गरेपनि कांग्रेस सभापति पुनको विरोधका कारण मन्त्रिपरिषद् अहिलेसम्म अपुरो छ ।

गठबन्धनमा माओवादीले तीन मन्त्री पाउने सहमतिअनुसार दाङका धनबहादुर मास्की, बाँकेका कृष्णा केसी ‘नमुना’ र रोल्पाका दीपेन्द्रको नाम सिफारिस गरेको थियो । मास्कीलाई जेठ ८ मा आर्थिक मामिला मन्त्री बनाइएको छ । कांग्रेसको असहमतिका कारण कृष्णा केसी र दीपेन्द्र पुनको शपथ भएको छैन ।

मुख्यमन्त्री चौधरी बजेटपछि विवाद मिलाएर मन्त्री थप गर्ने रणनीतिमा थिए । माओवादीले आफ्नो दलबाट कसलाई मन्त्री बनाउने भन्ने निर्णय अर्को पार्टीले गर्ने विषय नभएको बताउँदै आएको छ ।

Previous Post

सुनसरीमा युवतीमाथि कुटपिट प्रकरण : यी हुन् प्रहरीले पक्राउ गरेका तीनजना, दुई अझै फरार

Next Post

‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक

Next Post
‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक

‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1615 shares
    Share 646 Tweet 404
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist