इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं–६ श्रीपुर स्थित किसानले चौपायालाई मच्छरको टोकाइबाट बचाउन बालेको घुर ।
तराइमा चौपायालाई मच्छरबाट बजाउन यसरी सुकेको परालमा आगो लगाएर माथिबाट भिजेका घाँसपराल र गाईगोरु तथा भैँसीको गोबरबाट बनाइको गुइँठा राखी धुँवा गरेर घुर बाल्ने गरिन्छ । यसरी बालिएको घुरले चौपायालाई चिसोमा न्यायो पार्ने र झिँगा तथा मच्छरबाट बचाउने गरेको श्रीपुरका पशुपालक प्रभु
यादवले जानकारी दिए ।