इनरुवा । सुनसरीको त्ररान उपमहानगरपालिका अन्तरगत भानुचौक स्थित घण्टाघर काम गर्ने दुई जना ज्यालादारी मजदुरलाई मेयर हर्कराज राई साम्पाङले कामबाट निकालेको भनेर आन्दोलनमा रहेका मजदुर संगठनका नेताहरुले घण्टाघरमा तालावन्दी गरेको छ ।
आइतबार मेयर साम्पाङले घण्टाघर काम गर्ने दुई जना ज्यालादारी मजदुरलाई कामबाट निकालेको भनेर मजदुर संगठनका नेताहरुले घण्टाघरमा तालावन्दी गरेको हो ।
दुई दशकदेखि धरानको घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्कराज राई साम्पाङको निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
योपनी हेर्नुस् :
नौ दिनअघी स्थानीय सरकार प्रमुख साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापन–पत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन सुरु गरेको हो ।
चेतावनीलाई वेवास्ता गरेपछि बाध्य भएर श्रमिकलाई न्याय दिलाउनको लागि धरानका नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले संयुक्त रुपमा श्रमिकलाई पुर्नबहालीको माग गर्दै आन्दोलन शुरु गरेको जनाइएको छ ।
स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु र धरान १४ का प्रकाश राई माली तथा चौकीदारको रुपमा कार्यरत रहेको थियो ।
तालावन्दी गर्ने क्रममा आन्दोलित मजदुरमाथि नगर प्रहरीले धरपकड समेत गरेको थियो । संघर्ष समितीले सोमबार भानुचौकमा एक घण्टा चक्काजाम पनी गने जानकारी दिए । उनीहरुले घण्टाघर परिसरमा शुक्रबार विहान १० वजेदेखि ११ वजे सम्म एक घण्टा धर्ना कार्मक्रम गरेको थिए ।
एक साता अघि घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएको थियो ।
कार्यरत मजदुरलाई धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भने उमेरको कारण कामबाट निकालेको वताउँदै आउनु भएको छ ।



