भदौ १३, सुनसरी । सुनसरी मोरङ सिचाई नहरमा नुहाउने क्रममा डुवेका ४ मध्ये २ को मृत्य भएकाे छ ।
ऋषि पञ्चमीको अवसरमा पुजा गर्न नहरमा नुहाउन गएका वराहक्षेत्र नगरपालिका ३खोरीयाका ४जना मध्ये २ को मृत्यु भएको हाे ।
नुहाउने क्रममा वेपता भएकी १६वर्षकी सलिना खडकाको सव वाङगे चाैक देखि ५सय मिटर तल भेटिएको थियो ।भने नहरमा डुवेर घाइते भएकी ३६वर्षको शाेभा खड्कको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घट्नामा नेपाल प्रहरी शसस्त्र प्रहरी नगर प्रहरी तथा स्थानिय युवाहरूले सक्रिय रुपमा खोजतलास गरेका थिए ।
घटनामा वेपता भएकी सलिना लाई वचाउने क्रममा अरू३जना पनि डुवेका थिए । घाइते भएका ३जना लाई नहरमा माछा मार्ने स्थानियले देखि उदार गरका थिए । करिव ८घन्टा पछी वेपता भएकी सलिना खड्कको सव भेटीएको वाङगे प्रहरी चाैकीले जनाइएको छ।
नहर वाट उदार गरिएका सोनु खड्का र इसा खड्काको अवस्था अहिले सामान्य रहको बताइएको छ ।