गनेश कुमार यादव
भदाै १६ गते,इनरुवा ।सुनसरीको इनरुवामा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य प्रदिप गिरीकाे १३ औं पुन्य तिथिकाे अवसरमा शाेक सभा सम्पन्न भएकाे छ ।बिहिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरीकाे आयाेजनामा स्वर्गीय नेता गिरीकाे १३ औं पुन्य तिथिकाे अवसरमा जिल्ला पार्टी कार्यालय सुनसरीमा शाेक सभा सम्पन्न गरेकाे हाे ।
स्वर्गीय नेता प्रदिप गिरीकाे तश्विरमा पुष्प अर्पण गरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइराला लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।कार्यक्रममा नेपाली कांगेसका केन्द्रीय सदस्य राजिव काेइरालाले स्वर्गीय नेता गिरीलाई श्रद्धाञ्जली अर्पण गर्दै अहिले स्वर्गीय नेता प्रदिप गरीलाई कांग्रेसले वास्ता गरेन भनेर भ्रापक प्रचार भएकाे बताउनु भयाे ।काेइरालाले “अहिले स्वर्गीय नेता गिरीलाई कांग्रेसले वास्ता गरेन भनेर भ्रामक प्रचार भैरहेकाे छ,याे गलत कुरा हाे।,`वहाँले पार्टीकाे बिचार रख्ने र पारटीकाे बचाव गर्न सधै आन्दोलनमा अगाडि माेर्चामा हुनुनुथ्याे वहाँलाइ पार्टीले कहिले उपेक्षा गर्ने छैन र वहाँचै कर्तव्य निषठ मानिस कहिले पनि कुनै पदकाे आस गर्नुभएन ।” भनेर बताउनु भयाे ।काेइरालाले स्वर्गीय नेता गिरीकाे स्मृतिमा कुनै पुस्तकालय, भवन बन्छ भने बनाएर राखिदियाेस भनेर एउटा प्रस्ताव समेत राख्नुभएका थियाे ।त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुङ्गानाले धेरैजनाले राजनीतिलाई भजाएर पैसा खान पछि पर्दैन तर “स्वर्गीय प्रदिप गिरी एउटा यस्ताे नेता थिए जस्ले ती सबैकुरालाई कहिले प्राथमिकता दिनुएन, पार्टीको धेरै पटक केन्द्रीय सदस्य पद जित्नु भयाे तर कहिलुपनी केन्द्रीय पदाधिकारी हुने चाहना राख्नु भएन,धेरैपटक सांसद जित्नुभयाे तर कहिलेपनी मन्त्री बन्ने चाहना राख्नु भएन ।” भनेर बताउनुभयाे ।ढुङ्गानाले “राजनीति भनेकाे पद प्रतिष्ठाका लागि हाेइन, पैसा कमाउन हाेइन राजनिती भनेकाे समाज सेवा हाे ।” भनेर बताउँदै हाम्राे व्यक्तिगत जिवलाई स्वर्गीय नेता गिरीकाे जस्तै पद प्रतिष्ठाका पछि न दाैडिकनजनताकाे पक्षमा समाजकाे पक्षमा राष्ट्रकाे पक्षमा केही गर्नसक्याै भनेमात्र स्वर्गीय तेता गिरी प्रति साँचाे श्रद्धाञ्जली हुनेछ भन्दै साँचाे श्रद्धाञ्जली अर्पण गर्न सबैलाई वहाँले देखाएकाे बाटाेमा हिड्ने प्रण गर्न अनुराेध समेत गरे ।उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अधयक्ष लगायत अन्य पार्टीका नेताहरुले समेत स्वर्गीय नेता गिरीलाई श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना मन्तवय राखेका थिए ।कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइराला,नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुङ्गाना,संघीय सांसद सिताराम मेहता,इनरुवा नगरपालिकाकि उपप्रमुख बिनिता मेहता,लगायतकाे आतिथ्य रहेकाे थियाे भने दुई सय भन्दा बढी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।नेपाली कांग्रेसका जिल्ला सचिव बिरेन्द्र शाहले कार्यक्रम सञ्चालन गरेका थिए भने नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
भिडियो हेर्नुस् :