गनेश कुम यादव
कार्तिक २० गते, इनरुवा । उराँव (कुड़ुख) भाषाको विश्वको पहिलो फिल्म “जहर जिनगी गही” प्रदर्शनीमा आएकाे छ ।
शनिबार सुनसरीकाे इनरुवा-१ स्थित रहेकाे सि.वि.सि. सिनेमा हलमा नेपाल आदिवासी जनजाति प्रतिष्ठान इनरुवा,सुनसरीका अध्यक्ष बेचन उराउले दीप प्रज्वलन तथा रिवन काटेर फिल्म उदघाटन गर्नुभएको हाे ।
फिल्मको निर्माण झरना आर्टले गरेको छ। फिल्म प्रदर्शन कुड़ुख़ म्युजिक ग्रुपले गरेको छ । नेपालमा उक्त फिल्म प्रदर्शनको लागि नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । अध्यक्ष उराँवका अनुसार उराँव भनषामा बिश्वमा पहिलाे पटक फिल्म निर्माण भएकाे हाे ।
उक्त फिल्म आदिवासी जनजाति उराँव समुदायको केटी अन्य समुदायका केटासंग विवाह गरेपछि उनकाे जिवनयात्रा कस्तो हुन्छ भनेर देखाउने प्रयास भएकाे छ ।
उराँवका अनुसार उक्त फिल्म निर्माण गर्नुकाे मुख्य उदेश्य आफ्नो भाषा, भेषभूषा,लाेक नृत्य,गीतसंगीत जगेर्ना गर्ने हाे ।
हाल उक्त फिल्म भारत,नेपाल, बाङ्लादेशमा प्रदर्शनीमा आइसकेको र फाेरेन कन्ट्री सिखागाेमा पनि फिल्मकाे माग बढेकाे जनाइएको छ ।