पुस २३ गते,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले कुनै पनि नेतालाई सरकारमा आउन अफर नदिएको बताउनु भबएकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतले सभापति शेरबहादुर देउवासँग गरेको भेटलाई गलत ढंगले अर्थ लगाउन खोजिएको वहाँको भनाई छ ।
कुनै अमुक दलको नेताले सभापतिलाई बार्गेनिङ टुलको रूपमा लिएको उल्लेख गर्दै उनले देउवाले भेटका लागि कसैलाई पनि नबोलाएको बताउनुभयाे ।
वहाँले भन्नुभयाे, ‘सभापतिले कसैलाई भेटका लागि बोलाउनुभएको छैन । अरू दलका नेताहरू आफै समय मागेर उहाँलाई भेट्न जानुएको हो । उहाँहरूले सभापतिलाई बार्गेनिङ टुलका रूपमा प्रयोग गर्नुभयो । हामीले सरकारलाई विश्वासको मत दिन्नौँ ।’