ADVERTISEMENT
Monday, January 12, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

उद्योग वाणिज्य संघ इनरुवाकाे चुनावमा कस्ले मार्लात बाजि?

उद्योग वाणिज्य संघकाे  चुनावमा पार्टीका पदाधिकारीले उम्मेदवारी दिनेकी विशुद्ध व्यापारीले ?

गणेश कुमार यादव by गणेश कुमार यादव
February 10, 2023
in मुख्य समाचार
0
उद्योग वाणिज्य संघ इनरुवाकाे चुनावमा कस्ले मार्लात बाजि?
69
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
माघ २७ गते इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाकाे नयाँ  कार्यसमिती चयनकाे लागि हुने निर्वाचनमा तिनवटा प्यानलबाट चुनावी मैदानमा उत्रिएकाे  छ ।

माघ २८ गते शनिवार हुन गइरहेकाे निर्वाचनमा अध्यक्ष पदमा उद्योग वाणिाज्य संघ इनरुवाका वर्तमान  अध्यक्ष विरेन्द्र साह , समाजसेवी केदार ओझा र हार्डवेयर व्यवसायी  पहलबहादुर कटुवाल अहिले चुनावी अभियानमा उत्रिएकाे हाे ।

विरेन्द्र साह नेतृत्वको प्यानलमा कार्यसमितीको उपाध्यक्षमा बद्री स्वर्णकार, सचिवमा मनोज जैन, सहसचिवमा गौतम झा र कोषाध्यक्षमा उमेशकुमार गुप्ताले रहेकाे छ। कार्यसमितीको महिला सदस्यमा रितादेवी साह र लक्ष्मी पाठकल, खुल्ला सदस्यतर्फ अमरेन्द्रकुमार मेहता, मनोज शर्मा, शिवकुमार यादव, सिताराम चौधरी, रमेश साह, कपलेश्वर यादव, सत्यनारायण साह, फिरोज आलम साहकाे नेतृत्वको प्यानलमा रहेकाे छ ।

त्यसैगरि केदार ओझा नेतृत्वको प्यानलमा उपाध्यक्षमा गिरीराज अटल, सचिवमा सुरेन्द्र साह, सहसचिवमा रियाज आलम र कोषाध्यक्षमा रामकुमार मेहता रहेकाे छ भने   कार्यसमितीमा महिला सदस्यतर्फ टिका न्यौपाने र अञ्जनाकुमारी साहल, कार्यसमितीको खुल्ला सदस्यमा  हरी निरौला, बुधनारायण मेहता, किरण श्रेष्ठ, मनोज मेहता, राजन साह, ओमप्रकाश बस्नेत, दिगम्बर स्वर्णकार, अजयकुमार सिहल रहेकाे छ ।

त्यसैगरिनै पहलबहादु कटुवाल नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोहम्मद कासिम मियाँ, सहसचिवमा त्रिलोकचन्द्र गुप्ता,कार्यसमितीको महिला सदस्यमा निरा पोखरेल, कार्यसमितीको सदस्यमा जिवराज दाहाल, प्रितम अटल, रसिद अन्सारी, प्रविण श्रेष्ठ, आशिषकुमार बोथरा, बिक्रमकुमार पोद्धार, अनिलकुमार स्वर्णकार र सरफराज  रहेकाे छ ।

तिनवटै प्यानलका उम्मेदवारहरु अहिले बजार तथा गाउँमा रहेका व्यापारीहरुकाे घरदैलाे तथा पसलहरुमा आफ्नो नेतृत्वको प्यानललाई विजय बनाउन मत माग्न  व्यस्त  छन्।

हाल कहिले व्यापारीका पिर मार्का नबुझेकाहरु पनि अहिले भने व्यापारिहरुकाे हकहितकाे लागि आफुहरु लागि परेकाे आफ्नाे नेतृत्वको टिमलाई यश पटक केही नयाँ जाेस जागरका साथ आएकालाई अगाडि बढाउन अनुराेध समेत गरिरहेका छन् ।

उम्मेदवारहरु एक अर्काकाे आजाेचना गर्नमा पनि व्यस्त देखिकाे छ । उद्योग वाणिज्य संघ इनरुवाकाे साधारण सभा अघि देखिनै उद्योग वाणिज्य संघ इनरुवाकाे अध्यक्ष पदका उम्मेदवार सहितकाे टिम निकै कसरत गरिरहेकाे पाइएकाे छ । उनकाे टिमले चाैक,पान पसल,चिया पसल, धार्मिक स्थान,पिकनिक लगायत ठाउँठाउँमा वर्तमान अध्यक्षकाे कमि कम्जाेरी देखाउँदै एस पटक आफ्नाे नेतृत्वको टिमलाई विजय बनाउन अनुराेध गर्दै हिडेकाे थियाे ।

अहिले तिनवटै प्यानलका टिमहरुले व्यापारीहरुलाई विभिन्न चुनावि एजेन्डा देखाएर मत माग्न ब्यस्त बनेका छन् । कसैले वर्तमान अध्यक्ष सहितकाे टिमले व्यापारीहरूकाे हितमा कुनै काम गर्न नसकेकाे भन्दै विभिन्न टिकाटिप्पणी गरि आफुतिर रिझाउन पनि कुनै कसर छाेडेकाे छैन ।

उक्त चुनावमा उम्मेदवारहरुले विशुद्ध व्यापारीले चुनाव लड्ने कुरा पनि बाहिर निकालिरहेका छन् । कुनै राजनीति दलका उम्मेदवार भन्दा विशुद्ध व्यापारिले व्यापारिहरुकाे समस्या समाधान देखि हक हितका काम गर्ने कुरामा उनिहरु जाेड दिएका छन् । तर तिनवटै प्यानलका उम्मेदवारहरु फरक फरक पार्टीका फरक फरक पदमा रहेकाे छ ।

त्यसैगरि उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र शाहले इनरुवाको आस्था प्रति कहीले खेलबाड नगरेको र इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम नगरेकोले इनरुवाका व्यापारीले आफ्नो मुल्यांकन गरि पु:न मत दिएर विजय बनाउने कुरामा आफू विश्वस्त हरेकाे बताउनुभयाे । उनले भन्नुभयाे “ इनरुवाको संस्थालाई मानमर्यादन गर्ने काम गरिन जहिलेपनी नेपाल अधिराज्य भरि यो संस्थाहरुलाई चिनाउने कोशिस गरे ।´,‘मैले उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्ष पदको कार्यभार लिदैगर्दा जम्मा १७ हजार रुपैयाँ रहेको थियो र हाल कार्यायालको सबै कार्जाहरु चुक्ता गरि २ चार लाख आगामी कार्यकालक गालि सुरक्षीत गरेर जानेछु ।’’ `मेराे व्यक्तिगत आलाेचना गरेर कुनै व्यापारिले पत्याउने छैनन्  मेराे जतिसुकै आलाेचना गरेपनि ती आलाेचनालाई सल्लाह सुझावकाे रुपमा लिएर अघि बढेकाे छु र सबैलाई खुशी बनाउन नसकेतापनि कसैलाई दुखी हुने वातावरण सिर्जना हुन देकाे छैन ।´भनेर उनले भने ।

उम्मेदवारहरुकाे टिम पार्टीगत भएकाे सर्वत्र चर्चा भैरहेकाे छ । व्यापारीहरुले आफ्नो समस्या समाधान गर्नु भनणदा भढी आफ्नो पार्टीकाे समस्या समाधान गर्नेछन् कि? चन्ने प्रश्नहरु खडा गर्न थालेका छन् । उम्मेदवारुकाे लागि याे चुनाव एउटा उत्सव बनेकाे छ भने मतदाता व्यापारीहरुकाे  अनुहारमा खासै उत्साह देखिदैन ।

तिनवटै प्यानलमा राेचक प्रतिस्पर्धा हुने देखिएकाे छ । कस्ले बाजि मार्ला भन्ने अहिले भन्न कठिनै देखिन्छ  ।

Tags: उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्नचुनाव
Previous Post

मधुवनमा दोस्रो संस्करणको एकता नक आउट फुटवल प्रतियोगिता हुने

Next Post

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

Next Post
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist