ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक

गणेश कुमार यादव by गणेश कुमार यादव
July 20, 2023
in मुख्य समाचार
0
‘साइबर सुरक्षा’ पुस्तक सार्वजनिक
37
SHARES
Share on FacebookShare on Twitter

ललितपुर । बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले केन्द्रीकृत मानसिकतामा बन्दै आएका संघीय नीतिलाई संघीयताको मर्म र भावनाअनुसार अगाडि बढाउन संघीय सरकारलाई आग्रह गरेका हुन् ।

 

बागमतीको सञ्चार रजिष्ट्रार कार्यालयद्वारा प्रकाशित ‘साइबर सुरक्षा’ नामक पुस्तक बुधबार बिमोचन गर्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा रणनीति, नीति र कानून बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षाविज्ञ मात्रै होइन, प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका संघको प्रतिनिधि रहन आवश्यक हुने बताए ।

साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनुपर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनुपर्ने पनि उनले बताए ।

‘त्यसो हुँदा संघ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यही संयन्त्रभित्र ल्याउन उपयुक्त हुन्छ । बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित विषयमा कानून निर्माण गरी कार्यान्वयनमा लगिनेछ । संघीय साइबर सुरक्षा नीति आएसँगै हामी प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्नेछौं’, मन्त्री श्रेष्ठले भने, ‘सूचना प्रविधिको विकास र यसले निम्त्याएका चुनौतीको सामना एक्लै गर्न सकिन्न । प्रदेश, स्थानीय तह र संघ मिलेर नै सामना गर्नुपर्ने हुन्छ । त्यो दिशामा हामी काम गर्नेछौं ।’

 

आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायहरुका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए ।

 

‘डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौतीहरु छन् । तर, यस्ता चुनौतीसँग भागेर अगाडि बढ्ने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने फाइदा धेरै छन्’, उनले भने, ‘नेपाली नागरिकलाई चुनौतीको सामना गर्न सक्षम बनाउन साइबर सुरक्षासँग सम्बन्धित विषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको हो । यो पुस्तकले साइबर सुरक्षाका बारेमा जान्न चाहनेहरुका लागि भोक जगाउँछ, उत्सुकता जगाउँछ । जुनसुकै पेशा व्यवसायमा रहेका आम नागरिकका लागि यो पुस्तक उपयोगी छ । ̓

पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरण सञ्चालक समितिका सदस्य कृष्ण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले साइबर सुरक्षाका बारेमा प्रकाशित पुस्तक उपयोगी रहेको बताए ।

Previous Post

आफूलाई हराउने बागीलाई माओवादीबाट मन्त्री बनाउन लागिएपछि कांग्रेस बैठकमा पुनको आपत्ति

Next Post

भन्सार गेटबाट सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

Next Post
भन्सार गेटबाट सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

भन्सार गेटबाट सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1592 shares
    Share 637 Tweet 398
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist