ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

झुम्काका व्यावसायीको गुनासो ” नगरप्रहरी खै”

गणेश कुमार यादव by गणेश कुमार यादव
December 5, 2023
in मुख्य समाचार
0
झुम्काका व्यावसायीको गुनासो ” नगरप्रहरी खै”
48
SHARES
Share on FacebookShare on Twitter

मंसिर १९ गते,झुम्का  । बजार व्यवस्थापन र व्यावसायीको सुरक्षाका लागि नगरप्रहरी आवश्यक परेको भन्दै झुम्काका उद्योगी तथा व्यापारीले नगर प्रहरीको व्यवस्था गर्न माग गरेका छन् ।

झुम्का उद्योग वाणिज्य संघले नगर प्रहरीको व्यवस्था गरिदिन माग गर्दै नगर प्रमुख शंकरलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको समेत लामो समय भइसक्दा समेत नगरले प्रक्रिया अघि नबढाएको उनिहरुको गुनासो छ ।

बजारको सुरक्षाका साथै बजार सौन्दर्यीकरणको लागि नगर प्रहरीको आवश्यकता परेको भन्दै उनीहरुले नगर प्रहरीको व्यवस्था गर्न नगरको ध्यानाकर्षण गराएको थियो ।

सरकारको एक पालिका एक इलाका प्रहरी नीति अन्तर्गत इलाका प्रहरी कार्यालय प्रस्तावित रुपमा आएपनि स्थाई इलाका नहुँदा व्यापारी र बजारको सुरक्षाका लागि नगरप्रहरी आवश्यक पर्ने व्यवसायीहरुको आवाज छ ।

अघिल्लो आर्थिक बर्षदेखि नगरपालिकामा नगरप्रहरी आवश्यक भएको आवाज उठ्दा आफूहरुसँग बजेट अभाव भएको भन्दै पन्छिएको नगरपालिका यसपालि बजेट विनियोजन गर्दा समेत अहिले सम्म नगरप्रहरी भर्ना प्रक्रियामा प्रवेश नगरेको व्यवसायीहरुको गुनासो छ ।

झुम्का उद्योग वाणिज्य संघले झण्डै ६ महिना पहिल्यै नगर प्रहरीको माग गर्दै नगरमा पत्राचार रहेको थियो । ‘हामीलाई कहिले बजेट अपुग रहेको त कहिले नियमावली तथा कार्यविधि नबनेको भन्दै पन्छाउने काम गरिँदैछ तर छिमेकी नगरपालिकाहरुमा आफ्नै नगरप्रहरी भएको लामो समय हुँदा पनि हाम्रोमा नगर प्रहरीको व्यवस्थापन किन हुन सकिरहेको छैन ’ झुम्का उद्योग वाणिज्य संघका वाणिज्य सचिव मनिष गेलालको प्रश्न छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष नविन चौधरीले समेत नगरप्रहरी व्यावस्थापन गर्न नगरपालिकाले आलटाल गरिरहेको बताएका छन् । नगर प्रहरीको लागि भनेर भवन निर्माणको काम समेत सकिसक्दा पनि नगरप्रहरी भर्ना तथा छनौट प्रक्रिया शुरु नगरिएको चौधरीले बताए ।

रामधुनी नगरपालिकाले बारुणयन्त्र खरिद गरेर वारुणयन्त्रको लागि मात्रै कर्मचारी नियुक्ति गरेको छ भने नगर प्रहरीको लागि अहिले प्रक्रिया नै शुरु गरेको छैन ।

यसै बर्ष धेरै नभएपनि ४ जना सम्म नगरप्रहरी राख्न सकिने गरिको बजेट विनियोजन गरिएको रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा बताउँछिन ।

‘मैले मेयरसाप सँग कुरा गरिरहेकी छु सायद अबको कार्यपालिका बैठकमा नगरप्रहरी राख्ने सम्बन्धमा हामी छलफल गर्छौँ ।’थापाले बेष्ट सञ्चारसँगको कुराकानीमा भनिन ।

नगर प्रमुख शंकरलाल चौधरीले भने नगरप्रहरी सम्बन्धि कार्यविधि तथा नियमावली विधान समितिले निर्माण गरिसकेको र छिटोमा पौष महिनामा हुने हिउँदे अधिवेशन पछि नगर प्रहरीको भर्ना खोल्न सकिने संकेत गरेका छन् ।

कार्यविधि बनिसक्यो, बारुणको लागि र नगर प्रहरीको लागि छुट्टा छुट्टै जनशक्ति भर्ना गर्नेगरी को तयारीमा हामी छौँ बजेट अनुसार थोरै संख्यामा भएपनि यसै आर्थिक बर्षको बजेटबाट नगरप्रहरी राख्न हामी प्रतिवद्ध छौँ । नगरप्रमुख चौधरीको भनाई थियो ।

Previous Post

राउटे मुखिया शाहीले अध्यक्ष ओलीलाई दिए कोसी उपहार

Next Post

रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी

Next Post
रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी

रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1582 shares
    Share 633 Tweet 396
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist