Monday, November 10, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी

गणेश कुमार यादव by गणेश कुमार यादव
December 6, 2023
in मुख्य समाचार
0
रामधुनी बोर्डिङले सर्टिफिकेटका नाममा चर्को शुल्क मागेपछि नगरपालिका पुगे विद्यार्थी
46
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT
मंसिर २० गते, रामधुनी । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्र्तिण गरेका विद्यार्थीहरुले सर्टिफिकेट लिन जाँदा सुनसरीको रामधुनी नगरपालिकामा पर्ने रामधुनी बोर्डिङ इङ्लिस स्कुलले चर्को शुल्क मागेपछि पीडित विद्यार्थीहरु गुहार माग्न नगरपालिका पुगेका छन् ।

सर्टिफिकेट वापत विद्यालयले ३ हजार ५ सय रुपैया शुल्क लिन खोजेपछि मंगलबार विद्यार्थीहरु जस्मिता श्रेष्ठ, सुमित बास्तोला, अनुषा थापा, बिक्रम श्रेष्ठ र उसन पोखरेल विद्यालयविरुद्ध कारबाहीको माग गर्दै नगरपालिका पुगेका हुन् ।

मंगलबार नगरपालिका कार्यालयलाई सामुहिक रुपमा पत्र लेख्दै उनीहरुले सर्टिफिकेटका लागि आफुहरु ३,५०० शुल्क तिर्न नसक्ने बताएका छन् । पत्रमा उनीहरुले लेखेका छन्, ‘… कक्षा १० सम्म अध्यन गरि सकेको र सर्टिफिकेट लिन जाँदा ३,५०० विद्यार्थीसँग लिन खोजेको र मागेकाले हामी त्यत्रो पैसा दिन सक्दैनौँ ।’

अन्य विद्यालयमा १,००० देखि २,००० सम्म मात्रै लिने गरेको भए पनि रामधुनी बोर्डिङले चर्को शुल्क लिन खोजेकाले कारबाही गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।

सर्टिफिकेट वापत विद्यालयले ३ हजार ५ सय रुपैया शुल्क लिन खोजेपछि मंगलबार विद्यार्थीहरुले कारबाहीको माग गर्दै नगरपालिकासमक्ष दिएको निवेदन ।

शुल्कको बिषयमा हाम्रोशब्दसँगको कुराकानीमा विद्यालयका प्रधानाध्यापक होम कार्कीले ३,५०० शुल्क लिएको बिषय स्वीकार गरे । ‘हो, यो शुल्कको बिषय आयो । आज मात्रै होइन, विगतदेखि नै यति शुल्क लिँदै आएका छौँ । नीजि विद्यालयमा अलिअलि तलमाथि भयो होला । हामीले कतिजनालाई निःशुल्क पनि त पढाएका छौँ ।’

यस बिषयमा रामधुनी नगरपालिकाका शिक्षा साखा प्रमुख राजन गेलालले चर्को शुल्क लिएको बिषय आफुलाई जानकारी भएको र बिहीबार सम्बन्धित पक्षलाई बोलाएर छलफल गरिने बताए । ‘यो बिषय मेरोमा आएको छ । छलफलका लागि भोलि विद्यालय, विद्यार्थी र प्याब्सनलाई छलफलमा बोलाइको छ ।’ उनले भने, ‘सबै पक्षको छलफलपछि कसरी अगाडि जाने भन्ने निष्कर्श आउँछ ।’

Previous Post

झुम्काका व्यावसायीको गुनासो ” नगरप्रहरी खै”

Next Post

कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु

Next Post
कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु

कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist