ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

फिल्मी स्टाइलले झण्डा गाडेर जग्गा कब्जा गर्ने प्रयास

गणेश कुमार यादव by गणेश कुमार यादव
December 7, 2023
in मुख्य समाचार
0
फिल्मी स्टाइलले झण्डा गाडेर जग्गा कब्जा गर्ने प्रयास
45
SHARES
Share on FacebookShare on Twitter

मंसिर २१ गते,रौतहट । अहिलेको समयमा पनि कसैको जग्गा कब्जा गरेर जनवादी झण्डा झुण्डयाउन सक्छ भन्दा कसैले कल्पना गर्न पनि सकिदैनन् तर यस्तै यथार्थ घटना रौतहटको माधवनारायण नगरपालिकामा घटेको छ ।

नेपालीमा एउटा उखान छ, “कहि नभएको जात्रा हाँडी गाउँको” भने झै रौतहटको माधवनारायण नगरपालिकाको लौकाहामा व्यत्तिको जग्गा कब्जा गर्ने उद्देश्यबाट हसियाँ हथौंडा अंकित झण्डा झुण्डयाएर करिव ९ कत्ठा जग्गा कब्जा गर्ने योजनाको रहयोघाटन भएको हो ।

दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ घर भएका विनोद महतोले ९साविक गाविस पिपरा रजवाडा २० हाल माधवनारायण नगरपालिका वडा नम्वर ७ घर भएका किसुनी महतो नुनिया र धनपत महतो नुनिया संग पिपरा रजवाडा गाविस वडा नम्वर १ मा रहेको कित्ता नम्वर ८११ को ससिम ८ कत्ठा ८ धुर जग्गा २०७४ साल साउन २० गतेको मितिमा संयुक्त रुपमा नामसारी पास गरेका थिए ।

उक्त संयुक्त जग्गा धनीद्वयले २०७५ साल मंसिर १ गतेका दिन कित्ता नम्वर ८११ लाई कित्ताकाट गरी ११३७ को ४ कत्ठा जग्गा माधवनारायण नगरपालिका ७ का सुमित्रा देवी र ११३८ को ४ कत्ठा ८ धुर जग्गा राजिन्द्र नायक सुधीको नाममा रजिष्ट्रेशन पास गरेर राजिनामा गरिदिएको थियो ।

तर माधवनारायण नगरपालिका वडा नम्वर ७ का बासिन्दा तत्कालिन माओवादी कार्यकर्ता रामनाथ माझीले आफनो जग्गा भन्दै विभिन्न समयमा वादविवाद खडा गर्दै आएको र २०८० कात्र्तिक १८ गते दुबै कित्ता जग्गामा हसियाँ हथौडा लोगो अंकित रातो झण्डा उक्त जग्गामा झुण्डयाएर मसुरो, तोरी बालि लगाए जग्गा कब्जाको प्रयास गरेको देखिन्छ ।

दुबै जग्गाधनीले आफनो जग्गालाई माओवादीको दलित नेताद्धारा झण्डा गाडेर जग्गा कब्जा गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको साथै जग्गा खाली गराई पाउ भनेर लिखित उजुरी दिए । जिल्ला प्रशासन कार्यालय रौतहटले सक्कल उजुरी पत्रलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा छलफल गरियो तर सहमती हुन सकेनन् । अहिलेको समयमा पनि झण्डा गाडेर जग्गा कब्जा गर्न पाइन्छ भनेर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र समक्ष प्रश्न गर्दा जग्गा कब्जाको कुरा आफूलाई थाहा नभएको मिटरब्याजीको रहेको मात्रै बुझिएको बताए । उक्त जग्गामा झण्डा गाडिएको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयलाई तत्काल झण्डा हटाई झण्डा गाड्ने व्यक्तिलाई नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले बुधवार साँझ उक्त जग्गामा गाडीको झण्डालाई हटाइएको पिडित जग्गाधनीले बताए ।

पहिलाको जमिन्दारहरुले गरिव असहायको जग्गा कब्जा गर्ने चलन अहिलेको समयमा समाप्त भइसकेको भएपनि माओवादी द्वन्दकालमा यस प्रकारको घटनाहरु सुन्ने गरिन्थ्यो तर अहिलेको समयमा पनि झण्डा गाडेर जग्गा कब्जा गर्ने नौंलो विषय भएको पीडित जग्गा धनी सुमिन्त्रा देवीको छोरा रविन्द्र महतो नुनियाले गुनासो गरे ।

अर्को जग्गाधनी राजिन्द्र नायक सुधीको माइलो छोरा मनोजकुमार नायकले २०७५ सालमा खरिद गरेको जग्गा आफूले निर्वाध रुपमा भोगचलन गर्दै आईरहेको तर तत्कालिन माओवादीको दलित नेता रामनाथ माझीको यस्तो हर्कतबाट आफू लगायतका सर्वसाधारणहरु आतंकित बन्दै गएको गुनासो गरे ।

स्थानीय बासिन्दा एवं उक्त घटनाको प्रत्यक्षदर्शी रामपवित्र महतोले दलित नेता माझीको कार्यशैली जमिन्दार एवं तानाशाही प्रवृतिका कारण स्थानीय बासिन्दाहरु आश्चर्यचकित भको बताउदै त्यस्ता गैरकानुनी क्रियाकलाप गर्नेलाई हदै सम्मको कारवाही हुनुपर्ने सम्बध निकाय संग माग गरे ।

Previous Post

आरती साह मृत्यू प्रकरणमा श्रीमानलाई थुनामा पठाउने अदालतको आदेश

Next Post

गीता हनुमान चालिसा वितरणका एक्ला अभियन्ता

Next Post
गीता हनुमान चालिसा वितरणका एक्ला अभियन्ता

गीता हनुमान चालिसा वितरणका एक्ला अभियन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist