दिनेश सिम्पाने झट्ट हेर्दा सामान्य लाग्छन् तर, उनको अभियान भने गहिरिएर हेर्ने हो भने अर्थपूर्ण छ, महत्वपूर्ण छ ।
सबैसँग नम्र स्वभावमा बोलिदिन्छन् । कसैले दुई शब्द नराम्रो भन्दा पनि धार्मिक कहावत भनेर नै मख्ख पार्छन् । धार्मिक स्वभावका यि व्यक्तित्व अहिले निःशुल्क गीता हनुमान चालिसा वितरण अभियानमा सक्रिय रहेका छन् । साना ठूला सबैलाई निर्धक्क अभियानमा सहभागी गराउँछन् ।
नेपाल धर्म निरपेक्ष राज्य घोषणा भएसँगै
कृश्चियनहरूको दवदवा अल्पसंख्यक रहेपनि ज्यादै नै छ। हिन्दु, बौद्ध, मुस्लिम तथा अन्य समुदायलाई सैतानका सन्तान लगायतका दुर्वाच्य शब्द प्रहार गर्ने काम धेरै नै भएको छ। यस्तो भनिरहँदा विरोधको सामाना गर्ने पर्छ होला। तर, ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी भएको हाम्रो मुलुकमा आफ्नो धर्म प्रति जसले जेजे भनेपनि मौन रहेका कारण नेपालमा आयातित धार्मिक कृडास्थल बन्दै गएको छ ।
सिम्पाने संगठित रूपमा भन्दा पनि एक्ला हिन्दु धार्मिक दूत हुन् । उनि ३ दशक भन्दा पनि पुराना खुंखार कलमजिवी पत्रकार हुन् ।
दीपक निरौला
उनको लेखन शैली राम्रो र स्वादिलो छ । उनले पूर्वाञ्चलमा पहिलो धार्मिक पत्रिका शुभारम्भ मासिक अहिले सञ्चालन गरिरहेका छन् । यसमा हिन्दु धर्मका गतिविधि र धार्मिक कुराहरू मात्र समावेस गरिएको छ । यो मासिक रूपमा रंगीन कलेवरमा प्रकाशन भईरहेको छ ।
३ करोड नेपालीको हातहातमा गीता हनुमान चालिसा वितरणको अभियानमा यी मनुवा सक्रिय छन् । पछाडी प्रायः कालो रंगको ढाडे झोला भिरेर आफ्नो परिचय दिदै के सरकारी कार्यालय, के व्यक्तिका कोठा चोटा, बंगाला, झुपडी सबैतिर पुग्न भ्याउछन् । यो अभियान किन, के का लागि र कहिलेसम्म ? भन्दा उनि भन्छन् ‘वैदिक हिन्दु सनातन धर्मका पुस्तकमा अहिलेको व्याप्त विषादीलाई निर्मूल पार्ने ओखती रहेका छन् । हामी आयातित धर्म र ओखती तथा खानपानले रोगको शिकार भयौं ।
वैदिक सनातन धर्म तथा संस्कृति बचाउन । पृथ्वीमा मानवजातिको अस्तित्व संकटोन्मुख छ । त्यसको रक्षाको लागि संकटमोचन हनुमानको प्रार्थना अनिवार्य छ । हनुमान चालिसा पाठ गर्नाले संकटबाट मुक्त भइन्छ । अर्को कुरा कहिलेसम्म भन्नेमा यो विश्रामको लागि थालनी गरेको नै होइन । प्राण पखेरुले शरीरबाट विदा नलिएसम्म ।’
साभार : नंयू सृष्टि दैनिक